शंकर पाेखरेलाई फेरि मुख्यमन्त्रीमा नियुक्त - Hamro Janakpur

काठमाडौं । शंकर पोखरेल पुनः लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । आज विहान राजीनामा दिएका पोखरेललाई आजै मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्ति गरिएको बताए ।

नेकपा एमालेका संसदीय दलका नेता पोखरेलले प्रदेश सभाका बहुमत सदस्यहरुको हस्ताक्षरसहित दाबी पेश गरेपछि नियुक्ति गरिएको हाे । तर विपक्षी सांसदहरूले भने पाेखरेलसँग बहुमत नभएकाे भन्दै प्रदेशप्रमुखकाे ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।