विजयनगर । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर ११ झिंगहा आर.टि.ओ. सडकमा बसले ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

घाइतेलाई उपचारका लागि बहादुरगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको विष्टले बताउनुभयो । शवलाई पोस्टमार्टमका लागि बहादुरगञ्ज अस्पतालमा पठाइएको छ । मोटरसाइकल चालक उत्तरबाट दक्षिणतर्फ गईरहेको अवस्थामा कृृष्णनगरबाट उत्तरतर्फ आउँदै गरेको बस झिंगहाको चोकको घुम्तीमा दुर्घटना भएको हो ।

लु १ ख ७४५० नम्बर बसले यु.पी.५५ एच. ०३७५ नम्बरको मोटरसाइकललाई ठोकिँदा कृष्णनगर १२ नारायणापुर निवासी ३५ वर्षका रामबरण यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक रण बहादुर विष्टले जानकारी दिनुभएको छ ।

सचालक र गाडी प्रहरीको नियन्त्रणमा रहेको र सो घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय