जनकपुर: गुठीकाे जग्गा महन्तकाे मुठ्ठीमा,घर भत्तकाएर गरिबीको उठिबास,विरोधमा दुई पक्राउ - Hamro Janakpur

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १२ कुुुुवामा अतिक्रमण गरी गुठी संस्थानको जग्गा अवैध रुपमा घर बनाइएका करीब १४ घर टहरा प्रहरीले भत्काएको छ । गुठीको जग्गामा घर बनाएर बसाेबास गरिरहेका घर भत्तकाउदै ।

सुकुम्वासीहरुको घर भत्काएर सडक उत्रिएकाे छ ।
गुठी संस्थान धनुषाको सिफारिस र जिल्ला प्रशासन कार्यालयको निर्देशनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रहरी टोलीको सुरक्षाका बीच गुठीको जग्गा अतिक्रमण गरी अवैध रुपमा बनाइएको घर टहरा खाली गराउन डोजरले घर टहरा भत्काई अतिक्रमण मुक्त गराइएको उनले बताए ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १२ कुवा टोलस्थित वस्तीमा बिहिवार डोजर चल्यो। सुकुम्वासिकाे घर भत्तकाउन कुनै सुचना न दिइएको छ न हामीलाई घर खालि गर्ने समय दिए पिडीत सिधा घर भत्तकाउन थालिए । तर पनि सुनिएन समान हटाउन दिएन ।

गाउका स्थानीयले घर न भत्काउ प्रहरी र महन्तसंग आग्रह पनि गरे । हामी कहाँ जाउ अहिले काेराेना महामारीकाे समय अहिले जीवन संग लडाइ लडदै हाे याे संकटकाल चलिरहेकोले हामी अहिले कहा यहाँ लकडाउनका बेला हामी कहाँ जाउ काे दिन्छ भाडा हामि सडकमा बस्नु बाध्य बनाएको छ ।

एक घरमा काइ छैन उहाँ मान्छे बाहिर गएको स्थानीय भन्दै थिए तर मानेन समान हटाउन काेइ हटाएन सरसमान सहित डाेजर चलाए समानहरु तहसनहस पारिए यसकाे भरपाइ कसले दिन्छ उपमहानगरपालिकाले दिनेछ । घर सहित समान ताेडफाेड गरेकाे छ ।

बाँकी रहेका अवैध घर टहरा भत्काउने ढिलो भइसकेको कारण भत्काउन सकिएन अर्को दिन भत्काउने कार्य पुनः हुने प्रहरीले जनाएको छ ।

गाउका केही घरहरु भत्तकाएर जाँदै थियो भने फेरि भाेलि आउछु आस्वास्न दिए तर यहाँ भन्दै थिए अहिले नै सबै घर भत्तकाउ न भत्तकाएपछि पिडित आक्रोशित गाउका मान्छे डाेजरमाथि ढुंगामुढा प्रहारगरि ताेडफाेड गरेकाे भन्दै प्रहरीले दुइजना लाई नियन्त्रणमा लिएको थियोे ।

घर भत्तकाएपछि पिडीत आक्रोश हामिलाई कसले दिन्छ खाना र सुत्न घर अहिले हामी सडकमा छाै । अहिले काेराेना महामारी बेला उपमहानगरपालिका लाई ध्यान गएन ।

 

सो अतिक्रमणको २४ घण्टा नबित्दै मन्दिरका महन्थ र केही स्थानीयले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि सालखुट्टा प्रहरी लगाएर हटाइएको थियो । स्थानीयले नै एउटाले अतिक्रमण गर्ने अर्को कि नगर्ने भनी महन्थ कहाँ विवाद गर्न थालेपछि गुठीद्वारा अतिक्रमणमा परेका पोखरीको डिल र अन्य अतिक्रमित जग्गा खाली गराउन लागेका हुन

साे घर भत्तकाए पछि पिडीत भन्छ महन्तले गुठीको जग्गा याे भन्दा पहिला बेचिएको खबर समाचारमा देखिएको थियाे । उहाँकाे कार्वाही लागि कुनै निकाय छैन ? सबै माैन नगरपालिका किन चुपचाप बसेका छन ।

यश बिषयमा मेयर संग साेधपुछ लागि फाेन गरे सम्पर्कमा आउन सकेन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

निषेधाज्ञामा होटल खोलेको भन्दै सञ्चालकलाई ४ लाख जरिवाना

निषेधाज्ञामा होटल खोलेको भन्दै सञ्चालकलाई ४ लाख जरिवाना

काठमाडौं । निषेधाज्ञाको समयमा होटल खोलेको भन्दै प्रशासनले सञ्चालकलाई जरिवाना तिराएको छ । निषेधाज्ञाको समयमा होटल खोलेको आरोपमा त्रिपुरेश्वरस्थित युनाइटेड विजनेश होटलका सञ्चालक अश्विल श्रेष्ठलाई..