हाम्रो जनकपुर ,संवाददाता । आइतबार विहान सम्पर्कविहीन भएको तारा एयरको विमानमा धनुषाका एकै परिवारको सातजना रहेको पुष्टि भएको छ ।

पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज १० बजेर ७ मिनेटदेखि सम्पर्कविहिन बनेको थियो । तारा एयरका अनुसार उक्त विमानमा चालकदलका तीन सदस्यसहित २२ जना यात्रुहरू सवार रहेका थिए । त्यसमध्ये धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँका सातजना रहेको पुष्टी भएको छ ।

विमानमा राजन कुमार गोले, उनका बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेका हुन् । उनीहरु मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए । विमान वेपत्ता भएको खबरले परिवारमा रुवावासी चलेको छ । गाउँमा चिन्ता छाएको छ ।

सम्पर्कविहीन भएको जहाजमा १३ नेपाली, ४ भारतीय, २ जर्मन नागरिक र चालकदलका तीन सदस्यसहित २२ जना सवार छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय