श्री चमिनीमाई समाज युवा क्लवको नवनिर्मित भवन उद्घाटन - Hamro Janakpur

राम बाबु यादव, हाम्रो जनकपुर ।  धनुषाको मिथिला नगरपालिका वडा नं. ४ पुष्पवलपुरस्थित श्री चमिनीमाई समाज युवा क्लवको नवनिर्मित एक तल्ले भवनको आज उद्घाटन गरिएको छ । मिथिला नगरपालिकाका नगर प्रमुख हरिनारायण महतोले क्लवको सो भवनको उद्घाटन गरेका हुन् ।

भवनको उद्घाटन गर्दै नगर प्रमुख महतोले समाज रुपान्तरणमा युवा क्लवहरुले खेलेको भूमिका उदाहरणीय रहेको बताए ।

उनले युवा क्लवले समाजमा भएको कुरिती, विसंगति विरुद्ध जनचेतना जगाउने, समाजिक, धार्मिक, खेलकुद कार्यक्रमका माध्यमबाट समग्र विकासको पाइलामा ईट थप्ने काम गरेको भनेर प्रशंसा गरेका छन् । नगर प्रमुख महतोले नगरको विकास निर्माण कार्य र समाजिक परिवर्तनका लागि युवाहरुलाई संगठित भएर अगाडी बढ्न आग्रह समेत गरका छन् ।

यता क्लव भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाकी उप प्रमुख तारा कुमारी बस्नेत लामाले पुष्पवलपुरको जंगल छेउमा रहेको चमिनियाँ माईथान मन्दिरको संरक्षण र सम्वद्र्धनका लागि चमिनीमाई समाज युवा क्लवले अग्रसरता लिनुपर्ने बताएकी छिन् । उनले मन्दिरमा चढ्ने भेटी, बलीको कार्यलाई व्यवस्थित गरेर क्लवले आम्दानीको स्रोत पनि सुनिश्चित गर्नुपर्ने सुझाव दिएकी छिन् । युवा र युवा क्लवहरुले समाजका हरेक सकारात्मक कार्यका लागि एक जुट भएर लाग्नुपर्ने बताईन् ।

श्री चमिनीमाई समाज युवा क्लव पुष्पवलपुरका अध्यक्ष विरेन्द्र कुमार महतोको अध्यक्षता तथा नगर प्रमुख हरिनारायण महतोको प्रमुख आतिथ्यमा नवनिर्मित भवनको उद्घाटन समारोह सम्पन्न भएको छ । सो समारोहमा विशिष्ट अतिथि नगर उप प्रमुख तारा कुमारी बस्नेत लामा, नेपाली कांग्रेसका धनुषा जिल्ला कोषाध्यक्ष राजलाल महतो, वडासदस्य राम एकवाल महतो, स्थानीय अमर बहादुर बुलन, लुद्र बहादुर आले, रामचन्द्र महतो, राजकुमार महतो, चन्द्र बहादुर बुलन, हिमालय युवा क्लवका उपाध्यक्ष विनोद महतो लगायतका वक्ताहरुले युवा क्लवको काम कर्तव्य र भूमिका लागयतको विषयमा आ आफ्नो मन्तव्य राखेका थिए ।

मिथिला नगरपालिकाको आर्थिक सहयोगमा क्लवले करिव ७ लाखको लागतमा एक तल्ले भवनमा चर्पी सहितको एउटा सभाकक्ष निर्माण गरेको छ । यस्तै माथि तल्लमा कार्यालय बनाउने योजना रहेको क्लवका अध्यक्ष विरेन्द्र कुमार महतोले बताएका छन् ।

सोहि अवसरमा क्लवलाई भवन बनाउन लगायतको कार्यका लागि १० धुर गाउँ ब्लककै जग्गा दान गर्ने स्थानीय प्रेमा खातीलाई क्वले दोसल्ला ओढाई सम्मान गरेको छ । यस्तै क्लवको विभिन्न कार्यमा सक्रिया भई लागेका युवाहरुलाई क्लवले सम्मान र प्रशंसा पत्र दिएर सम्मान गरेको छ ।

यस्तै सोहि अवसरमा भएको रक्तदान कार्यक्रममा ५ जना महिला सहित ४२ जनाले रक्तदान गरेका छन् । रक्तदान गरेकाहरुलाई समेत क्लवले सम्मान गरेको थियो । कार्यक्रमको संचालन मन्दिप महतोले गरेका थिए ।

यता सो अवसरमा राष्ट्रिय आधारभूत विद्यालय पुष्पवलपुरका विद्यार्थीहरुले नृत्य कार्यक्रम प्रस्तुत गरेका थिए । सो नृत्य कार्यक्रमका संयोजन विद्यालयका शिक्षक पूर्ण विसीले गरेका थिए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

ने. बि. सघं ठाकुर राम इकाई समिति द्वारा हरि खेतान का प्राचार्य भगवान यादव विरुद्ध आन्दोलन को घोषणा

ने. बि. सघं ठाकुर राम इकाई समिति द्वारा हरि खेतान का प्राचार्य भगवान यादव विरुद्ध आन्दोलन को घोषणा

पवन प्रसाद साह , पर्सा । हरिखेतान बहुमुखी क्याम्पस विरुद्ध ने बि संघ ठाकुर रामक्याम्पस इकाई समिति ले ७ बुदा आन्दोलन को घोषणा गरेको छ।..

×