महोत्तरी : माओवादी केन्द्र दुई समूहमा विभाजित - Hamro Janakpur

महोत्तरी । महोत्तरीमा माओवादी केन्द्रकााे दुई समूहमा विभाजित भएको छ । दुवै समूहले छुट्टाछुट्टै बैठक गर्न थालेका हुन ।

 

पूर्वमाओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई काम गर्न नदिई पद खोस्नेसम्मको धम्की दिएपछि पार्टीमा दुई समूह बनेको छ । पार्टीले जिल्ला अध्यक्षमा तुल्सी ढुंगानालाई जिम्मेवारी दिएपछि विवाद चर्किएको हो ।
ढुंगानालाई अध्यक्ष बनाएपछि प्रदेश सांसदसमेत रहेका प्रदेश २ का नेकपा संसदीय दलका नेता भरतप्रसाद साह निकटका नेता/कार्यकर्ताले पार्टीको बैठक बहिष्कार गर्दै आएका छन् । साहले जिल्ला अध्यक्ष आफ्ना निकटलाई बनाउन खोजेका थिए । ढुंगाना पूर्वजनमोर्चा हुन् । उनी नेता गिरिराजमणि पोखरेल निकटका हुन् ।

पार्टी कार्यालय जलेश्वर र नगर कार्यालयहरू स्थानीय तहमा भए पनि महोत्तरीमा पार्टीका गतिविधि बर्दिबासमा मात्रै सीमित गर्दा पार्टी कमजोर भएको अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय सचिव सूर्यनरायण साहले आरोप लगाए । उनले बर्दिबासमा हुने बैठकमा आफूहरू सहभागी नहुने बताए ।

 

अध्यक्ष ढुंगानाले भने पार्टीभित्र कुनै विवाद नरहेको दाबी गरे । ‘वैचारिक मतभिन्नता भए पनि जिल्लामा कुनै पनि नेता/कार्यकर्ताले बैठक बहिष्कार गरेका छैनन्,’ उनले भने, ‘काम विशेषले केही साथी बैठकमा सहभागी नहुँदा बहिष्कार भन्न मिल्दैन ।

महोत्तरीको रामगोपालपुरमा वैशाख ५ गते पार्टीले बोलाएको बैठक प्रदेश संसदीय दलका नेता साह, गौशाला नगरपालिकाका मेयर शिवनाथ महतो, सम्सी गाउँपालिकाका मेयर शेष फारुकलगायतले बहिष्कार गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।