अस्पतालमा उपचाररत श्रीमानको मृत्यु भएपछि श्रीमतीले झुण्डिएर आत्महत्या - Hamro Janakpur

काठमाडौं । अस्पतालमा उपचाररत श्रीमानको मृत्यु भएपछि श्रीमतीले झुण्डिएर आत्महत्या गरेकि छिन् । ललितपुरस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरमा उपचाररत बिरामी श्रीमानको मृत्युपछि उनकी पत्नीले अस्पतालमै आत्महत्या गरेकी हुन् ।

क्यान्सरबाट पीडित श्रीमानलाई किमोथेरापी गराउन म्याग्दीको मालिका गाउँपालिका ५ निवासी ४५ वर्षीय पुरुषलाई उनकी श्रीमतीले उपचारकालागि काठमाडौं ल्याएकि थिइन् । तर उपचारको क्रममा बिहीबार श्रीमानको मृत्यु भएपछि सोहि राति श्रीमतीले अस्पतालकै बाथरुमा झुन्डिएर आत्महत्या गरेकी हुन् ।

श्रीमानको मृत्युपछि कुरुवा बसेकी पत्नीले अस्पतालमै आत्महत्या गरेको ललितपुरकी प्रहरी उपरीक्षक किरण बज्रचार्यले जानकारी दिइन् ।बिहीबार राति करिब १ बजे नर्सहरु राउन्डमा गएर उनको श्रीमानको अवस्थाबारे जानकारी लिएका थिए । त्यसबेलासम्म उनी कुरुवा रुममै सुतिरहेकी थिइन् । तर राती अचानक श्रीमानको मृत्यु भएको र त्यसपछि उनले आत्महत्या गरेको अस्पतालको भनाइ छ ।

शुक्रबार बिहान बाथरुम नखुलेपछि अस्पतालका कर्मचारीहरुले प्रहरीलाई खबर गरेका थिए । उनको शव शुक्रबार बिहान फेला परेको हो । श्रीमानको मृत्युको पीडा सहन नसकेर आत्महत्या गरेको हुन सक्ने अनुमान गरीएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । ती पुरुषलाई गत जेठ १९ गते पोखरास्थित मणिपाल अस्पतालले काठमाडौं रिफर गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

महन्थ ठाकुर र उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत

महन्थ ठाकुर र उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत

जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र पूर्वमन्त्री उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत गरिएको छ । विभिन्न जिल्लामा राखिएको अगुवा कार्यकर्ता भेलामा सहभागी..