सेनाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा धनुषामा दुई जना गम्भीर - Hamro Janakpur

जनकपुरधाम । नेपाल सेनाको गाडीले धनुषामा मोटरसाइकललाई ठक्कर दिँदा दुईजना गम्भीर
घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत गणेशमाण चारनाथ नगरपालिका वडा नम्बर ४ स्थित पूर्वबाट पश्चिमतर्फ गइरहेको ज ८ प ७७७७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको धारापानी ब्यारेकको सेनाको गाडीले ठक्कर दिएको हो । यो घटना आइतबार अपरान्हको हो ।

सेनाको भ्यान अनियन्त्रित भएर ठक्कर दिँदा मोटरसाइकलमा सवार गणेशमान चारनाथ ६ का बिमलेश सहनी र सुकेश मण्डल घाइते भएका छन् । यसमध्ये सहनीको अवस्था भने गम्भीर रहेकोे छ ।

उनको विराटनगरमा उपचार भइरहेको छ । यस्तै, मण्डल सामान्य घाइते छन् । उनको स्थानीय स्तरमै उपचार भइरहेको छ ।

प्रत्यक्षदर्शीले बताए अनुसार, ठक्कर दिएको गाडी चालकले नभई उनका साथीले चलाइरहेका थिए । दुर्घटना हुने बित्तिकै उनीहरूले गाडीको नम्बर प्लेट हिलोले छोपिदिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

महन्थ ठाकुर र उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत

महन्थ ठाकुर र उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत

जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र पूर्वमन्त्री उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत गरिएको छ । विभिन्न जिल्लामा राखिएको अगुवा कार्यकर्ता भेलामा सहभागी..