जानकी मेडिकल कलेजको प्याथोलोजी ल्याबमा ओ पी पाण्डेको छोराले लगाए ताला - Hamro Janakpur

जनकपुरधाम : धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजको प्याथोलोजी ल्याबमा ताल्चा लगाइएको छ ।मेडिकलका प्रबन्धन निर्देशक श्रीपट पाण्डेयको आदेशमा ताला लगाइएको त्यहाँका कर्मचारीले जानकारी दिएका छन् ।

‘यहाँ ईमर्जेन्सीमा भर्ना भएका विरामीको बिचल्ली भएको छ । ल्याबमा वर्षौदेखि काम गर्ने कर्मचारीलाई चिठि थमाएर हटाउन खोजेको छ,’ एक कर्मचारीले भने ।

मेडिकल कलेजको ल्याब अर्कै व्यक्तिले ठेक्का दिएर ल्याब बन्द गरिएको बताइएको छ ।

कोरोना महामारीका बेला ज्यानै जोखिममा राखेर काम गरेका कर्मचारीलाई समेत निकाल्ने कुरा भइरहेको सुन्नमा आएका कर्मचारीहरु बताउँछन् ।

‘यहाँ ज्यानै जोखिममा राखेर काम गरेको महिनौको तलब भत्ता दिइएको छैन् । उल्टै हटाउनै लागेका छन्,’ संर्घर्षरत एक कर्मचारीले भने ।

कर्मचारीलाई डर त्रास देखाउन स्थानीय प्रहरी प्रशासनलाई समेत प्रयोग गरिएको कर्मचारीको आरोप छ ।

यता अर्को व्यक्तिलाई ठेक्का दिएर अचानक हिजोदेखि ल्याब बन्द गरिएको सुन्नमा आएको मेडिकलका प्रशासन प्रमुख दयानन्द झाले बताए ।

‘ल्याब बन्द गर्ने विषयमा हामीसित पनि सल्लाह भएको छैन्,’ उले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

महन्थ ठाकुर र उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत

महन्थ ठाकुर र उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत

जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र पूर्वमन्त्री उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत गरिएको छ । विभिन्न जिल्लामा राखिएको अगुवा कार्यकर्ता भेलामा सहभागी..