तुरुन्त सहयोग गर्न स्वास्थ्य मन्त्रालयसँग जरुरी पत्र सहित आग्रह- सेयर गरौँ

काठमाडौं। चीनसँग सीमाना जोडिएको सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका क्षेत्रमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षणसहित एकैपटक सय जनाभन्दा बढी बिरामी भएका छन्। जुगल गाउँपालिका कार्यालयका अनुसार गाउँपालिकाको वडा नम्बर ३, गुम्बा गाउँमा एकैपटक सय जनाभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएका हुन्। मंगलबारदेखि यस्ता लक्षणसहित धेरै व्यक्ति बिरामी भएकाले कोरोनाको आशंका गरिएको भन्दै जुगल गाउँपालिकाले तुरुन्त चिकित्सकको टोली पठाई परीक्षण गर्न स्वास्थ्य मन्त्रालयसँग आग्रह गरेको छ।जुगल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले स्वास्थ्य मन्त्रालयलाई पठाएकोे पत्रमा भनिएको छ : विश्वमा फैलिइरहेको नोवल कोरोनाभाइरसको लक्षणसँग मिल्ने रुघाखोकी र अत्यधिक ज्वोरोजस्ता लक्षणका बिरामी देखापरेका हुँदा सोको परिक्षण गरी रोग पहिचानका लागि विशेष टोली खटाइ सहयोग गरिदिन हुन अनुरोध गर्दछौं।’ गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र बागमती प्रदेश सरकारलाई पनि बोधार्थ पठाएको छ । त्यहाँ बिरामीको संख्या सय नाघिसकेकाले तुरुन्त सहयोग गर्न पत्रमा आग्रह गरिएको छ।-नेपाल खबरबाट

त्यस्तै कोरोना सं’क्रमणका कारण चीन अहिले निकै तनाव अनि चुनौतिवाट गुज्रिरहेको छ। एक साता नबित्दै दर्जनौं देशमा फैलिएको यो भाइरसले संसारभरको ध्यान खिचेको छ ।वुहान सहरबाट फैलिएको यो स’ङ्क्र’मणकै कारण वि’श्वभर फैलन सक्ने अनु’मान गरिएको छ। चीनले कोरोना भाइ’रसको बि’रुद्ध लड्नका लागि हरसंभव क’सरत गरिरहेको छ। ६ दिनमा नै १० हजार जनाको उपचार गर्न सक्ने गरि बनाउन आँटेको अस्पतालको पनि संसा’रभर च’र्चा भैरहेको छ । अनेकौँ प्रयास गरिरहेको चीनले यसको औसधि पनि बनाएको खबर प्राप्त भएको छ ।चीनको निकै लोकप्रिय पत्रिका ‘पीपल्स डेली चाइना’का अनुसार चीनको सांघाई हेल्थ सेन्टरले कोरोना भाइरस बिरुद्ध लड्न सक्ने स्प्रेको आविस्कार गरेको छ । उक्त पत्रिकाका अनुसार यसको सफल परिक्षण पनि गरेको छ । यसको आधिकारीक ट्वीटर ह्याण्डलमा भर्खरै प्राप्त एउटा पोष्टमा यो जानकारी दिइएको छ । जसका अनुसार सांघाई हेल्थ सेन्टरले यसरी कोरोना भाइरसका बि’रुद्ध लड्नका लागि स्प्रेको बिकास गरि सफल परीक्षण समेत गरिसकेको छ।यद्धपी यस्ता स्प्रेहरु अहिलेसम्म सामान्य जनताको प्रयोगार्थ उपलब्धता भनें छैन । यस्ता स्प्रे लाई मुखमा छर्केर कोरोना भाइरसको बि’रुद्ध आफूलाई सर्न नदिने क्षमता बिकास गर्न सकिन्छ ।यी स्प्रेहरु फ्रन्टलाइनमा रहेका स्वास्थकर्मीलाई प्रयोगार्थ बनाइएको बताइएको छ । हुन त सन् २००२ मा सार्स भाइरस आउटब्रेकका समयमा चीनले कुनै प्रकारको यस्ता पद्धति अहिले १७ वर्ष सम्म पनि नबनाएको भनी आलोचना गर्नेहरु पनि पीपल्ड डेली चीनको ट्वीटको कमेन्टमा पाइयो । यदि यो खबर सत्य हो भनें यस म’हामारीबाट बच्न बिश्वजगतको जनस्वास्थका लागि नै चीनको यो सर्वाधिक ठूलो देन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय