बिहीवारदेखि अन्तर्राष्ट्रिय उडानमा रोक - Hamro Janakpur

काठमाडौं । सरकारले वैशाख २३ गते बिहीवार मध्यरातिदेखि लागू हुनेगरी अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ ।

मन्त्रिपरिषद्को आइतवार बसेको बैठकले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढ्दै गएपछि त्यसलाई न्यूनीकरण गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय उडान पनि बन्द गर्ने निर्णय गरेको हो ।

यद्यपि नेपाल–भारत (काठमाडौं–दिल्ली) भने हप्तामा दुईओटा उडान हुनेछन् ।

यस निर्णयसँगै बिहीवार राति १२ बजेदेखि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं–दिल्ली उडानबाहेक अन्य अन्तर्राष्ट्रिय उडान बन्द हुनेछन् ।

आइतवारकै निर्णय अनुसार सरकारले आन्तरिक तर्फका पनि सबै उडान सोमवार रातिदेखि रोक लगाइसकेको छ ।

निर्णयहरुः

१. मिति २०७८ बैशाख २० गते राति १२ः०० बजेदेखि बैशाख मसान्तसम्म नियमित आन्तरिक हवाई उडान स्थगन गर्ने।

२. मिति २०७८ वैशाख २३ गते राति १२ः०० बजेदेखि बैशाख मसान्तसम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थगन गर्ने।

३. स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सूचीकृत गरेको होटेलमा १० दिन अनिवार्य क्वारेन्टिनमा बस्ने गरी नेपाल भारतबीच कायम एयर बबल सुविधाअन्तर्गतका दुईतर्फी उडानहरू हप्ताको दुईवटामा सीमित गर्ने। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र नेपाल प्रहरीको संयुक्त टोलीले होटेल क्वारेन्टिनमा बसे नबसेको दैनिक अनुगमन गरी कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रमा दैनिक प्रतिवेदन गर्ने। होटेल क्वारेन्टिनमा बस्नुपर्ने यात्रुले स्वास्थ्य मापदण्ड पालना नगरेको र क्वारेन्टिनमा नबसेको पाइएमा सङ्क्रामक रोग ऐन, २०२० बमोजिम मुकरर अधिकारीसमक्ष कारबाहीको लागि लेखी पठाउने । कुनै पनि उडानमा पिसिआर पोजेटिभ भएका यात्रुलाइ बोर्डिङ पास दिइ यात्रा गराएमा सो उयडानका सबै यात्रुको क्ववारेन्टिन खर्च सम्बन्धित एयरलाइन्सले व्यहोर्ने व्यवस्था गर्ने ।

४. आन्तरिक र अन्तर्राष्ट्रिय चार्टर्ड तथा उद्धार उडानको हकमा स्वास्थ्य सुरक्षा गापदण्डको पूर्ण पालना हुने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान अनुमति जारी गर्ने ।

५. चार्टर्ड र उद्धार अन्तर्राष्ट्रिय उडानबाट आउनेरजाने यात्रुहरूको बारकोड र फोटोसहितको पिसिआर रिपोर्ट अनिवार्य गर्ने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।