मुख्यमन्त्रीलाई ज्यान मार्ने धम्की - Hamro Janakpur

जनकपुरधाम । उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीलाई ज्यान मार्ने धम्की आएको छ। प्रहरीका अनुसार गत २९ अप्रिलमा आपतकालीन सेवाका लागि बनाइएको ११२ मा म्यासेज गरेर ज्यान मार्ने धम्की दिइएको हो।

उनले पाँच दिनभित्र मुख्यमन्त्रीलाई मारिदिने चेतावनी दिएको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। उनले प्रहरीलाई चेतावनी दिँदै भनेका छन्- मलाई जे गर्न सक्छौं गर।

यस्तो म्यासेज आएपछि लखनउको सुशान्त गोल्फ सिटी थानामा उजुरी दिइएको छ भने प्रहरीलाई अनुसन्धानमा खटाइएको छ। प्रहरीले उक्त नम्बरलाई ट्रेस गर्ने काम गरिरहेको छ भने अनुसन्धानको लागि टिम गठन गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।