एनआरएनए क्यानवेरामा धनुषाका ३ जना विजयी । - Hamro Janakpur

जनकपुरधाम  गैर-आवासिय नेपाली संघ, अष्ट्रेलियाकाे क्यानवेरा राज्यमा धनुषाबाट ३ जना विजयी भएका छन् । जुलाई ३१, शनिवारका दिन भएकाे अनलाईन निर्वाचनमा धनुषाका शेफालिका अर्याल, रितेश कुमार महताे र बबिता कुशवाहा निर्वाचित भएका हुन् । तिनै जना आ-आफ्नाे पदमा निर्विरोध निर्वाचित भएकाे निर्वाचन समिति अनलाईन मार्फत घाेषणा गरेका हुन् ।

एनआरएनएकाे महिला विभाग (नारि निकुञ्ज) काे क्यानवेरा राज्य समितिकाे संयाेजक पदमा अर्याल र सदस्य पदमा कुशवाहा निर्विरोध भएका हुन् ।

जनकपुर, भानु चाैक घर भएकि अर्याल रामसागर रामस्वरुप बहुमुखी क्याम्सका पुर्व प्रध्यापक तथा मिथिला इन्स्टिच्युट अफ टेक्नाेलाेजीका पुर्व प्रध्यानाध्यापक लझ्मण अर्यालकि छाेरी हुन् । उनि विवाह पछि उच्च शिक्षाकाे लागि सन् २००९ मा अष्ट्रेलिया गएकि हुन् ।

त्यस्तै, राैतहटकाे कटहरिया नगरपालिकामा जन्मेकी बबिता कुशवाहा विवाह पछिकाे घर धनुषाकाे रघुनाथपुरमा रहेकाे छ । उनि साेसल वर्क विषयमा स्नातकोत्तर गर्न सन् २०१७ मा अष्ट्रेलिया गएकि हुन् ।

साझा र सवल एनआरएनए नारा बाेकेका समुहका सम्पुर्ण पदाधिकारी नारि निकुञ्जमा निर्विरोध निर्वाचित भएकाे हाे ।

रितेश कुमार महताे भने क्यानवेरा राज्य समितिकाे युवा समितिका सदस्यमा निर्विरोध भएका हुन् । महताेले पनि साझा र सवल एनआरएन समुह बाटै उम्मेदवारी दिएका थिए । क्षिरेश्वर नगरपालिका, महेन्द्र नगरका महताे भने म्याकानिकल ईन्जिनियरिङमा उच्च शिक्षाका लागि सन् २०१७ मा अष्ट्रेलिया गएका हुन् ।

क्यानवेरा राज्य समितिकाे सम्पुर्ण पदमा साझा र सवल एनआरएनए समुहकै पदाधिकारीहरुले जित हात पारे । जसका नेतृत्व अशाेक वस्नेतले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

जनकपुरमा दिनदहाडै एक अपरिचित व्यक्तिले घर अगाडीबाटै मोटरसाइकल चोरेर फरार

जनकपुरमा दिनदहाडै एक अपरिचित व्यक्तिले घर अगाडीबाटै मोटरसाइकल चोरेर फरार

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका २ वकिल टोलबाट आईतवार दिनदहाडै एक अपरिचित व्यक्तिले घर अगाडीबाटै मोटरसाइकल चोरेर भागेके छ । घर अगाडी पार्किङ गरी राखेको अवस्थामा..

×