छिमेकी राष्ट्र चीनले ९ लाख डोज ‘भेरोसेल’ खोप आज नेपाल आइपुग्ने - Hamro Janakpur

काठमाडौं । छिमेकी राष्ट्र चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये ८ लाख डोज कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ आज दिउँसो २ बजे नेपाल आइपुग्ने भएको छ ।

 

नेपाल वायुसेवा निगमको विमानले ८ लाख खोप नेपाल ल्याउन लागेको हो । यसैगरी, तिब्बतले प्रदान गर्ने २ लाखमध्ये १ लाख डोज खोप हिमालयन एयरलाइन्सको विमानमार्फत आजै ल्याइने कार्यतालिका तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

 

यो खोप खोप ६० देखि ६५ वर्ष उमेर समूहलाई लगाइनेछ । अब आउने खोप प्राथमिकताका आधारमा ६० देखि ६५ वर्ष उमेर समूहलाई लगाउने तयारी भएको छ ।

 

खोप प्राप्त हुनासाथ राजधानी उपत्यकासहित देशभर लगाउन सुरु गरिनेछ ।

 

यसअघि सरकारले भारतीय कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको ‘कोभिशिल्ड खोप १४ जिल्लामा ५५ वर्षभन्दा माथिकालाई र बाँकी जिल्लामा ६५ वर्ष उमेर समूहलाई लगाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

धनुषाको सहिद नगर नगरपालिका बलाबाखरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन

धनुषाको सहिद नगर नगरपालिका बलाबाखरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन

जनकपुरधाम । धनुषाको सहिद नगर नगरपालिका बलाबाखरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । ज्ञान ब्रदान ईंग्लिश बोर्डइङ स्कुलकाे प्राङ्गणमा साे कार्यक्रमको आयोजना गरेको थियोे..

×