साना किसान कृषि सहकारी संस्था लिमिटेड नक्टाझिजको २१औ साधारणसभा सम्पन्न - Hamro Janakpur

दिवेश कुशवाहा/जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका वडा नम्बर २ नक्टाझिज प्रतिटोलमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको साधारण सभा सम्पन्न भएको छ। आज मिती २०७७ साल चैत १३ गते श्री जनता माध्यमिक विद्यालय नक्टाझिजको प्राङ्गणमा प्रदेश सांसद शत्रुधन महतोको अध्यक्षतामा कार्यक्रम समुदघाटन गरिएको थियो। कार्यक्रममा साना किसान कृषि सहकारी संस्था लिमिटेड नक्टाझिजमा आबद्ध सहभागी किसानहरुका लागि प्रत्येक वर्ष बाड्दै आएको कृषक सामग्री अन्तगर्त यसपाली को साधारणसभामा सहभागी किसानहरुलाई ठुलो कठौती वितरण गरिएको छ।

साना किसान कृषि सहकारी संस्था लिमिटेडका सहायक प्रबन्धक सुरेश कुमार महतोका अनुसार लगभग १५०० भन्दा माथिका सेयर धनी किसानहरुको उपस्थितमा १५०० जति कठौती वितरण गरिएको छ। कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउनका लागि हिमालय युवा क्लब द्वारा नृत्य प्रस्तुत गरिएको थियो भने स्थानीय कलाकारहरुद्वारा होलीको शुभ उपलक्ष्यमा जोगिरा नृत्य भजन प्रस्तुत गरि सहभागी सम्पुर्णलाई मनोरञ्जन गराएका थिए।

सो कार्यक्रममा प्रदेश सांसद शत्रुधन महतो , साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष रामदेव महतो , सस्थाका प्रबन्धक सुर्यनारायण महतो । मिथिला नगरपालिका-२ का वाडा अध्यक्ष बिहारी महतो, जनता मावि नक्टाझिजका प्रअ श्याम कुमार यादव, वटेशवर गाउँपालिका उपाध्यक्ष प्रमिला देवी, हिमालय युवा क्लबका अध्यक्ष अरुण कुमार महतो, मिथिला नगरपालिका-२ का जसपा नेता रामनाथ महतो (दिनेस) शिक्षक शत्रुधन महतो, भग्लु महतो, मगहि भाषा समाजिक अभियन्ता फुलगेन महतो मगहि , लगायत विभिन्न संस्थाका प्रतिनिधिहरु, वाडाका वाडा सदस्यहरू, कर्मचारी, पत्रकार सहित गाँउवासीको उपस्थितमा साधारणसभा सम्पन्न भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।