त्रिकोणात्मक ट्वान्टी-२० : नेपालद्वारा मलेसिया ६९ रनले पराजित - Hamro Janakpur

काठमाडौँ — नेपालले ट्वान्टी २० अन्तर्राष्ट्रिय त्रिकोणात्मक श‌ृंखलामा मलेसियालाई राउन्ड रोबिनको अन्तिम खेलमा ६९ रनले पराजित गरेको । मलेसियाले टस जितेपछि ब्याटिङमा नेपालले त्रिवि क्रिकेट मैदानमा ७ विकेट गुमाई २ सय १७ रन बनाएको थियो ।

जवाफमा आएको मलेसिया १९.१ ओभरमा १ सय ४८ रनमा अलआउट भयो । यसअघि नै फाइनलमा स्थान सुरक्षित गरेको नेपालले राउन्ड रोबिनको चार मध्येको तीन खेल जित्यो । मलेसिया ४ मध्येको तीन खेलमा पराजित रह्यो । २ जित र एक बराबरीका साथ यसअघि नै फाइनल पुगेको नेदरल्यान्ड्ससँग नेपालले शनिबार उपाधि भिडन्तमा प्रतिस्पर्धा गर्नेछ ।

नेपालबाट सन्दीप लामिछाने, सोमपाल कामी र कमलसिंह ऐरीले ३/३ विकेट लिए । सन्दीपले ४ ओभरमा ४२ रन खर्चन पुगे । सोमपालले ४ ओभरमा १ मेडन राख्दै २० रन खर्चे ।

ट्वान्टी २० अन्तर्राष्ट्रियमा डेब्यु गरिरहेका कमलले ३.१ ओभरमा १६ रन खर्चे र तिन  प्रतियोगितामा पहिलोपटक अवसर पाएका सुशन भारीले १ विकेट लिए । उनले ३ ओभरमा ३५ रन खर्चे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।