आजदेखि धनुषा सहित देशभरि निषेधाज्ञा, जनकपुर सडक सुनसान, समानकाे दाममा वृद्धि - Hamro Janakpur

जनकपुरधाम । बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाईरस संक्रमणको प्रभावलाई मध्यनजर गर्दै आज (मंगलबार) देखि सरकारले एक हप्ताका लागि धनुषा सहित देशभरि ‘लकडाउन’ गरेको छ ।नेपाल सरकारले प्रत्येक जिल्लाका जिल्ला प्रशासन कार्यालय मार्फत देशभरि यो व्यवस्था लागु गरेको हो ।

 

जनकपुरमा मँगलबार बिहान ६ बजेदेखि नै लागू हुने गरी लगाएको निषेधाज्ञाका कारण आम सर्वसाधारणहरुको आवागमन भने देखिएको छैनन् । बिहानैदेखि बर्षा समेत भइरहेको कारण निषेधाज्ञाको पहिलो दिन जनकपुर बजार सुनसान देखिएको छ ।

जिल्ला विपद व्यवथापन समितिको बैठकबाट आईतबार गरिएको निर्णय अनुसार, बिना कामको बाहिर निस्कन नपाउने भएको छ । अत्यावश्यक कार्य बाहेक सडकमा हिलडुल गर्न नस्कने निर्णय गरिएको हो ।

धनुषाको १७ वटै स्थानिय तहको प्रमुखहरुसँगको बैठकमा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोलाले औषधी उपचार बाहेक अन्य कार्यको लागि बाहिर ननिस्कन आम नागरिकसँग् आग्रह गरेका हुन ।

यस्तै जनकपुरको सपिँग मल, पसल, सिनेमा, सैलुन, लज, पार्टी प्यालेस, स्वीमिँग पुल, होटल, हाटबार, जीमखाना, मनोरँज स्थल, ब्यूटिपार्लर समेत बन्द गर्न निर्देशन दिएको हो ।

यस्तै, सुरक्षा निकाय गाडी, औषधी बोक्ने गाडी, खाद्यान्न बोक्ने गाडी, दुधजन्य गाडी, पशुपँक्षीको दानाजन्य गाडी, इन्टरनेट सेवा प्रदायक गाडीहरु सहित कामदारलाई भने स्वास्थ्य मापदण्ड अपनाएर सँचालन गर्न सकिने निर्णय गरिएको हो ।

यस्तै, खाना पकाउने ग्यास सहित पसलहरु भने विहान ६ बजेदेखि ९ बजेसम्म खोल्न पाइने निर्णय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।