काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन भएको छ।अर्थमन्त्रीविरुद्ध प्रदर्शनमा उत्रिएका युवाहरुको एक समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

युथ कांग्रेस आवद्ध युवाहरुले अर्थमन्त्रीको राजीनामा माग गर्दै बुधबार सिंहदरबारको दक्षिण गेट नजिकै प्रर्दशन गरेका हुन्।

प्रदर्शन सुरु गरेलगतै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुले कालो कपडा र अर्थमन्त्री राजीनामा दे लेखिएको प्लेकाड प्रर्दशन गरेका थिए ।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अर्थमन्त्री शर्माले अनधिकृत व्यक्तिलाई सहभागी गराइ करका दरहरू हेरफेर गर्न लगाएको आरोप छ।

साथै अनधिकृत व्यक्ति प्रवेश गरेको सीसीटीभी फुटेज समेत ‘डिलिट गराउन लगाएको पनि उनीमाथि आरोप लागेको छ ।सत्तारुढ दलकै नेताहरुले पनि अर्थमन्त्रीको राजीनामा मागेका छन्।

मंगलबार पनि नेकपा एमाले निकट राष्ट्रिय युवा संघले अर्थमन्त्रीको राजीनामा माग गर्दै राधानीमा प्रदर्शन गरेका थिए। अर्थमन्त्री शर्माविरुद्ध सडकदेखि सदनसम्म चर्को विरोध भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय