वीरगन्ज,१७ भदौ । पर्साकाे इनरवा प्रहरी चौकीमा आएको दुई महिनामै वरिष्ठ प्रहरी नायब निरीक्षक हिमाल भण्डारीले हुन्डी, लागुऔषध र गैरकानुनी कारोबार ठप्प पारेर नयाँ रेकर्ड बनाएका छन्।

इनरवा नाका नेपाल-भारत सीमामा रहेका मध्ये सबैभन्दा व्यस्त नाका हो। भण्डारीले उक्त चौकीको कमान्ड सम्हालेपछि तस्करीमा संलग्नहरुमाथि मुद्दा चलाइएको छ भने करोडौको हुन्डीको रकम जफत गरिएको छ।

नेपालभरिबाट नेपाल-भारत सीमामा यस वर्ष १ करोड ५० लाख रुपैयाँ हुन्डी कारोबारीबाट जफत गरिएकोमा इनरुवा चौकीले मात्रै ९१ लाख रुपैया राजस्वमा दाखिला गरेको छ। अहिले इनरवा चौकीले कडाइ गर्दा रक्सौल नाकाबाट हुने यस्ता गतिविधिहरु अहिले नियन्त्रणमा छन्।

भण्डारीले नेपाल-भारत सीमाबाट हुने गैरकानुनी गतिविधिहरु नियन्त्रण गर्न कुनै पनि सम्झौता नगरी काम गर्ने बताएका छन्।

‘नेपाल र भारतबीचको यो धेरै गतिविधि हुने नाका भएकाले पनि हामीले यहाँ गैरकानुनी गतिविधि नियन्त्रण गर्न हरप्रयास गरेका छौं,’ कार्यरत एक प्रहरी सहायक निरीक्षकले भने, ‘इनरुवा चौकीको नेतृत्व परिवर्तन भएपछि हुन्डी, लागुऔषधलगायत अन्य गैरकानुनी गतिविधि नियन्त्रणउन्मुख छ।’

भण्डारीले पछिल्लो दुई महिनामा प्रतिबन्धित लागु औषधमा १२ जनालाई नियन्त्रणमा लिएको, नेपालबाट भारत जाने क्रममा महिला तथा बालबालिका गरी ४२ जनालाई उद्धार गरेका र हुन्डी तथा लागु औषधमा प्रयोग गरिएको १० वटा मोटरसाइकल नियन्त्रणमा लिएका छन्।

यति मात्र नभई उक्त प्रहरी चौकी अगाडि रहेको शंकराचार्य गेटमा चेक जाँचका लागि खटिएका प्रहरी जवानहरूले गरेको गल्तीहरुलाई माफ नगरी सातजनालाई कारबाही गरी जिल्ला प्रहरी कार्यालय पर्सामा फिर्ता पनि पठाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय