दिवेश कुमार महतो, ढल्कवेर

आश्विन १० गते ।

धनुषाको नक्टाझिजमा पुस्तकालय स्थापनाको लागि साेमबार समिति गठन गरिएको छ। शिक्षा ,स्वास्थ्य ,खेलकुद ,साँस्कृतिक लगायतको क्षेत्रमा लामो समय देखि काम गर्दै आएको हिमालय युवा क्लबले गाउँका विद्यार्थी ,युवायुवतीलाई अध्ययनमा सहजताका लागि पुस्तकालय स्थापना गर्न समिति गठन गरिएको हिमालय युवा क्लवका अध्यक्ष शिवराम महतोले बताउनु भयाे ।

 

पुस्तकालय व्यवस्थापन र संचालनका लागि गठन गरिएकाे समितिको अध्यक्षमा लक्ष्मी कुमार यादव, उपाध्यक्ष धर्मेन्द्र महतो, सचिव महादेव सिंह, सह-सचिव अमरेश कुमार महतो, कोषाध्यक्ष विमला कुमारीलाई चयन गरिएकाे छ । यसैगरी समितिकाे सदस्यहरुमा राकेश कुमार महतो,राजु राय,सरोज महतो,बबी महतो, विजय कुमार महतो र एकजना दलित समुदायबाट प्रतिनिधित्व गर्ने गरी राख्ने गरी ११ सदस्यीय समिति चयन गरिएको छ।

 

नवगठित समितिका अध्यक्ष यादवले भने,- “कसैसँग धेरै किताबहरु हुन्छन् भने कसैसँग पढ्नको लागि किताब नै हुदैन। आधारभूत र माध्यमिक तहसम्म जसो-तसो पढेर आगाडिको पढाई पढ्ने सोच बनाएका हुन्छन् तर कतिपय मान्छेहरु गरिबीको कारण गुणस्तरीय शिक्षा हासिल गर्नको लागि महँगो किताबहरु किन्न सकिरहेका हुदैनन्। कोइ पढ्न चाहेर पनि गरिबीको कारण किताब किन्न सक्ने अवस्था हुदैन वा लोकसेवा, खरिदार को तयारी गर्नका लागि आवश्यक पर्ने किताबहरु,गाइडहरु किन्न धेरै पैसाको आवश्यक पर्ने भएकोले पनि धेरैले किन्न सकिरहेको अवस्था हुदैन। यस्ता समस्याहरु धेरै छन्। यी कुराहरु लाई मध्यनजर गर्दै सबलाई समान पहुँच र सेवा दिने उदेश्यले पु्स्तकालय स्थापना गर्न लागिएकाे छ । धनुषाको नक्टाझिजस्थित हिमालय युवा क्लबको भवनमा व्यवस्थित तरिकाले प्राविधिक युगलाई जोड दिदैं पुस्तकालय स्थापना गरिने उहाँले बताउनु भयाे ।

 

साे अवसरमा मिथिला नगरपालिका वार्ड नं २ का वडा अध्यक्ष बिहारी महतो, हिमालय युवा क्लबका पुर्व अध्यक्ष एवम् वर्तमान संरक्षक अरुण कुमार महतो, क्लवका अध्यक्ष शिवराम महतो, उपाध्यक्ष विनोद महतो, सचिव शिवकुमार महतो, स्थानीय समाजसेवी योगेन्द्र महतो, हिमालय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड नक्टाझिजका अजय महतो, लगायत खेलाडी,विधार्थी र युवाहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय