अक्सिजन अभावमा कसैको मृत्यु भएको छैन : सरकारको झूटो दाबी - Hamro Janakpur

पोखरा : अक्सिजन अभावका कारण पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमितको एकै दिन मृत्यु भएको विषयमा विपक्षी दलहरुले सरकारसँग जवाफ मागेका छन् । तर सरकारले कमजोरी ढाकछोप गर्न खोज्दा अक्सिजनको अभावका कारण कसैको मृत्यु नै नभएको दाबी गरेको छ ।

प्रदेशसभाको बजेट अधिवेशनको पहिलो दिन दलका नेताहरु बोल्ने कार्यसूची थियो । कोरोना संक्रमित हुँदा पनि उद्घाटन र शिलान्यासमा हिंडेको भन्दै आलोचना खेपेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेशसभामा उपस्थित थिएनन् ।

दुई दिनअघि मात्र प्रदेशकै ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन अभावका कारण ८ जना कोरोना संक्रमितले ज्यान गुमाएका थिए । संक्रमितले ‘हाइफलो’ अक्सिजन नपाउँदा मृत्युवरण गर्नु परेको थियो ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रदेशकै राजधानीको यो घटनाले कोभिड महामारीमा प्रदेश सरकारको तयारी झल्काउने बताए । ‘प्रदेशका सबै अस्पतालमा अक्सिजनको कमी छैन, जिल्लाका सबै अस्पतालमा अक्सिजन पुर्‍याइसक्यौं भन्नुभएको थियो,’ उनले भने, ‘तर प्रदेशकै ठूलो अस्पतालमा अक्सिजनको सुत्केरीसहित ८ जनाको निधन भएको छ । यसबाट प्रदेश सरकारको कोभिड नियन्त्रण क्षमता स्पष्ट भएको छ ।’

आफूहरुले कोरोना महामारीमा केन्द्रित हुन पटकपटक आग्रह गर्दा पनि नसुनेको उनको आरोप छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भएको घटनाप्रति प्रदेश सरकारले सार्वजनिक रुपमै माफी माग्नुपर्ने उनको भनाइ थियो । ‘अक्सिजन नआएर जसरी संक्रमितले ज्यान गुमाए, यो सामान्य कुरा होइन,’ उनले भने, ‘यस विषयमा सरकारले सार्वजनिक रुपमा माफी माग्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

धनुषाको सहिद नगर नगरपालिका बलाबाखरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन

धनुषाको सहिद नगर नगरपालिका बलाबाखरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन

जनकपुरधाम । धनुषाको सहिद नगर नगरपालिका बलाबाखरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । ज्ञान ब्रदान ईंग्लिश बोर्डइङ स्कुलकाे प्राङ्गणमा साे कार्यक्रमको आयोजना गरेको थियोे..

×