बाल सुधार गृहमा कोरोना : ५० जनाको परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि - Hamro Janakpur

विराटनगर : क्षमताभन्दा चार गुणा बढी बालक राखिएको विराटनगरको बाल सुधार गृहमा कोरोना संक्रमण फैलिएको छ । १९३ जना बालक राखिएको सुधार गृहमा कोरोना संक्रमण फैलिएको हो ।

सुधार गृहका प्रमुख मिलन चौहानका अनुसार हालसम्म २५ जना बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । सुधार गृहमा जेठ २ गते एक बालकमा संक्रमण पुष्टि भएको थियो । त्यसपछि लक्षण देखिएका दुई बालकको परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो ।

जेठ १३ गते संक्रमितको सम्पर्कमा आएका ५० जनाको पीसीआर परीक्षण गर्दा थप २२ जनामा संक्रमण पुष्टि भएको हो । तर एकै पटक २२ जनामा संक्रमण पुष्टि भएपन त्यसपछि अन्यको भने पीसीआर गरिएको छैन ।

स्रोतका अनुसार सुधार गृहभित्र रहेका बालकहरुमा ज्वरो र खोकीको लक्षण देखिएको छ । तर प्रशासनले जेठ १३ गते यता पीसीआर परीक्षण नै गराएको छैन । ‘जेठ १३ गते संकलन गरिएको नमुनाको रिपोर्ट १७ र १८ गते मात्रै आयो,’ चौहानले भने, ‘अन्य बालकहरुको पनि पीसीआर गर्ने तयारी भइरहेको छ ।’

उनका अनुसार संक्रमित बालकलाई विराटनगर महानगरपालिकाले सञ्चालन गरेको आइसोलेसनमा राखिएको छ । चार जना बालकलाई उपचारका लागि अदालतको आदेशपछि आफन्तको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

महन्थ ठाकुर र उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत

महन्थ ठाकुर र उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत

जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र पूर्वमन्त्री उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत गरिएको छ । विभिन्न जिल्लामा राखिएको अगुवा कार्यकर्ता भेलामा सहभागी..