जनकपुरधाम ।परिक्रमामा सहभागि भक्तजनहरु जनकपुरधामको हनुमानगढी, भारतको कल्याणेश्वर, गिरीजास्थान, महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर, भारतको करुणा, विशौल भएर आज जनकपुरधाम आई रात्री विश्राम गरेर भोली (सोमबार)अन्तरगृह परिक्रमा गर्नेछन् ।अन्तगृह परिक्रमामा जनकपुरधामको १५ किलोमिटर दूरीको परिक्रमा गरिन्छ जसलाई पञ्चकोशी परिक्रमा पनि भनिन्छ । अन्तगृह परिक्रमामा माध्यमिकी परिक्रमामा सहभागी नभएकाहरुले समेत भाग लिने गर्दछन् ।नेपाल भारतका लाखौं व्यक्ति सहभागि रहेको १५ दिने मिथिला मध्यमा परिक्रमामा दुवै देशको भूमि प्रयोग हुने गरेको छ । त्रेता युगमा भगवान राम र सिताले पनि यसै मार्ग भएर परिक्रमा गरेको धार्मिक मान्यता अनुसार प्रत्येक वर्ष यसै तीथिमा प्रारम्भ भएर फागु पूर्णिमाका दिन अन्तरगृह परिक्रमा पछि श्रद्धालुहरु घर फर्किने गरेका छन् ।मिथिला महात्मामा उल्लेख भए अनुसार वृहत, मध्यमा एवं लब्धी गरि तीन प्रकारको परिक्रमा हुन्छ, जसमध्ये मध्यमा अर्थात मिथिला माध्यमिकी परिक्रमाको आफ्नै विशेषता रहेको छ ।नेपाल भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सद्भावका प्रतीक बनेको परिक्रमा यात्राको क्रममा नेपालमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छन् । परिक्रमामा सहभागी यात्रीहरुले नेपालका १ सय ७ एवं भारतको २६ गरी १ सय ३३ किलोमिटर भूमिको पैदलयात्रा तय गर्ने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय