
जनकपुरधाम– म’दिराको से’वन’बाट होली पर्वका दिन धनुषामा ६ जनाको निधन भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अ’त्या’धिक म’दि’रा से’व’नको कारण क्षिरेश्वरनाथ नगरपालिका २ रमदैयाका ५ जना र औरही गाउँपालिका २ परवाहा टोलमा एक जना गरी ६ जनाको निधन भएको हो ।
निधन हुनेमा रमदैयाका राजु महरा, रामनारायण महरा, गुदरी महरा, बिलास मण्डल, ब्रम्हदेव यादव र परवाहाका गिरिजानन्द झा रहेका छन् ।
जनकपुरधाम पेठिया बजार नजिक पोखरीमा युवति तैरिरहेको शव फेला!
म’दिरा से’व’न गरेका रमदैयाका ३ जनाको बिहीबार दिउँसो र २ जनाको राति निधन भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए ।

मृ’तक छ जनाको श’व पो’ष्टमार्मका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। स्थानीयका अनुसार गाउँकै तारापट्टीबाली भन्ने महिला र रामानन्द सा’हको म’दि’रा भट्टीमा उनीहरुले सँगै बसेर म’दि’रा से’व’न गरेका थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस् !