वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन - Hamro Janakpur

जनकपुरधाम । वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ ।

शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा उनको निधन भएको कलाकार जीवन थापाले बताए । एक महिनाअघि कोरोना सक्रमित भएका थापालाई पाटन अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालमा उपचारकै क्रममा ६४ वर्षकाे उमेरमा थापाको निधन भएको हो ।

थापाले टेलिफिल्म हल्का रमाइलो , गोलमाल, भद्रगोल, मह सन्चार, मेरीबास्सैमा अभिनय गरेका  थिए । ​चलचित्रहरू, विज्ञापनमा पनि उनी देखिँदै आएका थिए । थापाका श्रीमती, एक छोरो र एक छोरी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

मेका इन्जिनियरिङ समाज सबैलाले मनाए शुभकामना आदानप्रदान कार्यक्रम

मेका इन्जिनियरिङ समाज सबैलाले मनाए शुभकामना आदानप्रदान कार्यक्रम

जनकपुरधाम । धनुषाको सबैलामा रहेको, मेका इन्जिनियरिङ समाज सबैलाले विजया दशमि तथा आउदै गरेको दिपावलि छठ् पर्वको शुभ अवसरमा मेका इन्जिनियरिङ समाज सबैलाको आयोजनामा शुभकामना..

×