एमसिसी कि उपाध्यक्ष फतिमा काठमाडौं आउँदै, विरोध गर्नेहरु पक्राउ - Hamro Janakpur

जनकपुरधाम । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)की उपाध्यक्ष फतिमा सुमार आज नेपाल आउँदै छिन् ।

एमसिसी परियोजनासम्बन्धी सम्झौता भए पनि कार्यान्वयन नभएपछि त्यसबारे बुझ्न नेपाल आउन लागेको बताइएको छ । तर, अहिले एमसिसी विरुद्ध चौतर्फी विरोध प्रदर्शन भइरहेका छन् । सरकारले मित्रराष्ट्रहरुको प्रतिष्ठामा आँच पुर्याउनेलाई पक्राउ गर्न निर्देशन नै दिइसकेको छ ।

मंगलबार उपाध्यक्ष सुमार नेपाल आउनुपूर्व त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल अगाडि  एमसिसी विरुद्ध युवाहरुले प्रदर्शन गरेका छन् । तर, विरोध प्रदर्शनलगत्तै उनीहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले ‘वी हेटएमसिसी , ‘रिजेक्ट एमसिसी, ‘गेट आउट एमसिसी, ‘गो ब्‍याक एमसिसी’ लगायतका नारासहित विरोध प्रदर्शन गरेका थिए ।

एमसिसीकी उपाध्यक्ष सुमार नेपाल आउनुपूर्व गृह मन्त्रालयले सुरक्षा स्थिति बलियो बनाएको बताइएको छ भने विरोध गर्नेहरुलाई तत्काल पक्राउ गरिनेछ । सोमबार महारजगन्जस्थित अमेरिकी दूतावासअगाडि प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादीका ६ जनाले दूतावासअगाडि विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । साथै, गृह मन्त्रालयले मित्र राष्ट्रहरुको मान, मर्यादामा आँच पुर्याउनेलाई कडा कारवाही गर्ने विज्ञप्ति नै जारी गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

मेका इन्जिनियरिङ समाज सबैलाले मनाए शुभकामना आदानप्रदान कार्यक्रम

मेका इन्जिनियरिङ समाज सबैलाले मनाए शुभकामना आदानप्रदान कार्यक्रम

जनकपुरधाम । धनुषाको सबैलामा रहेको, मेका इन्जिनियरिङ समाज सबैलाले विजया दशमि तथा आउदै गरेको दिपावलि छठ् पर्वको शुभ अवसरमा मेका इन्जिनियरिङ समाज सबैलाको आयोजनामा शुभकामना..

×