दुर्घटनामा ढाड गुमाएका महरालाइ हेल्प मधेसिको सहयोग - Hamro Janakpur

हाम्रो जनकपुर डेस्क

जनकपुरधाम,१९ पुष।
निरन्तर समाजसेवामा तत्पर हेल्प मधेसी संस्थाले धनुषाको एक अपांगलाई राहत सहयोग गरेको छ।

जिल्लाको मिथिला बिहारी नगरपालिका -४ रमौलका अन्दाजी बर्ष ४५ को सुरेश महरालाइ हेल्प मधेसीले व्हिल चेयर घरमै पुगि सहयोग गरेका छन।

निज सुरेश महरा एक दुर्घटनामा परि आफ्नो जिउज्यान पुर्ण रुपमा गुमाइ नै सकेका तथा लगभग २५ लाख जतिको आर्थिक खर्चपछी हातखुट्टा चल्न सुरु भएपनी कम्मरको भाग अहिले पनि नचलेको कारण सामान्य हिडडुल गर्न हेल्प मधेसीका सेवक बिजय मन्डलले उक्त सामाग्री सहयोग गरेको हो।

महराको उपचार खर्चमा लगभग २०/२५ लाख खर्च भइसकेको तथा सानोसानो तीन बच्चा रहेकोले पालनपोषण गर्न झन कठिन भएकोले निज महरालाइ सहयोगी हातहरुले आर्थिक सहयोग गरिदिन भनी हेल्प मधेसिका केन्द्रीय अध्यक्ष राम उदगार यादवले आग्रह गर्नुभयो।

अपांग सुरेश महरालाई स्थानिय जनप्रतिनिधिले पनि सहयोग नगरेको तथा पार्टीगत भावनाका कारण नहेरेको थाहा पाउनासाथ पत्रकार जीतेन्द्र रामले हेल्प मधेसिलाइ भनी सहयोग गरिदिन आग्रह गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

ने. बि. सघं ठाकुर राम इकाई समिति द्वारा हरि खेतान का प्राचार्य भगवान यादव विरुद्ध आन्दोलन को घोषणा

ने. बि. सघं ठाकुर राम इकाई समिति द्वारा हरि खेतान का प्राचार्य भगवान यादव विरुद्ध आन्दोलन को घोषणा

पवन प्रसाद साह , पर्सा । हरिखेतान बहुमुखी क्याम्पस विरुद्ध ने बि संघ ठाकुर रामक्याम्पस इकाई समिति ले ७ बुदा आन्दोलन को घोषणा गरेको छ।..

×