नेपालमा अहिलेसम्म कोरोना नि’यन्त्रणमै छ, तर विदेशमा रहेका नेपालीमा सं’क्रमण देखिने र मृ’त्यु हुने क्रम बढ्दो छ । शनिबारसम्ममा विभिन्न २२ देशमा रहेका २ हजार २ सय ३८ नेपाली कोरोनाबाट सं’क्रमित भएका छन् भने ४८ नेपालीको मृ’त्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । सबैभन्दा धेरै अमेरिका र बेलायतमा बस्ने नेपाली सं’ क्रमित भएका छन् । 

एनआरएनएका अध्यक्ष कुमार पन्तका अनुसार बेलायतमा मात्रै ३३ नेपालीको कोरोना सं’क्र’मणबाट मृ’त्यु भएको छ । त्यस्तै, अमेरिकामा १०, युएईमा दुई तथा आयरल्यान्ड, जापान र टर्कीमा एक/एकजनाको मृ’त्यु भएको छ ।

अमेरिका र बेलायतमा रहेका एक÷एक हजार नेपालीमा सं”क्रमण देखिएको छ । त्यस्तै, युएईमा ७१, बहराइनमा ४९, पोर्चुगल र आयरल्यान्डमा २२/२२, कुवेतमा २१, अस्ट्रेलियामा ११, स्पेनमा १०, स्विजरल्यान्डमा ५, साउदी अरब, जर्मनी र बेल्जियममा ४/४, मलेसिया र क्यानाडामा ३/३, माल्टा, जापान र हङकङमा २/२, टर्की, म्यानमार र फ्रान्समा १/१ जनामा सं’क्र’मण देखिएको एनआरएनएले जनाएको छ ।

यो तथ्यांकभन्दा पनि धेरै नेपालीमा सं’क्रमण भएको अनुमान अध्यक्ष पन्तको छ । ‘विशेषगरी खाडी मुलुकमा धेरै नेपालीमा सं’क्र”मण भएको हुन सक्छ, कतिले लुकाएको समेत अनुमान गरेका छौँ,’ उनले भने । 

खाडी मुलुकमा सबैभन्दा धेरै सेवा क्षेत्रमा काम गर्ने नेपाली कामदार समस्यामा रहेको एनआरएनएले जनाएको छ । विदेशमा रहेका अधिकांश नेपालीले स्वदेश फर्किने इच्छा देखाएको एनआरएनएले गरेको सर्वेक्षणमा देखिएको थियो । २४सै घन्टा सेवा दिने गरी दुई साताअगाडि एनआरएनएले सुरु हेल्पलाइनमा फोन गर्नेमध्येका ७७ प्रतिशतले मा’तृभूमि फर्किन चाहेको र त्यसका लागि आवश्यक प्रबन्ध गरिदिन आग्रह गरेका छन् । रोजगारी र अध्ययनका लागि विदेशमा ५० लाखभन्दा बढी नेपाली रहेको अनुमान छ । 

अमेरिका : कोरोनाको दोस्रो इपि’सेन्टरमा नेपालीको बसोवास,१० को मृ’त्यु, एक हजारभन्दा धेरै सं’क्र’मित

अमेरिकामा सक्रिय पत्रकार किशोर पन्थीका अनुसार कोरोनाको सं’क्रमणबाट अमेरिकामा १० नेपालीको मृ’त्यु भएको छ । न्युयोर्कमा मात्रै एक हजारभन्दा धेरै नेपाली कोरोनाबाट सं’क्र’मित भएका छन् । उपचारपछि उनीहरू क्र’मशः घर फर्कने क्रम भने जारी छ । 

कोरोना महामारीका कारण अमेरिकामा मुख्यतः तीन प्रकारका नेपालीहरू सबैभन्दा धेरै प्र’भावित भएका छन् । पहिलो, विद्यार्थी भिसामा रहेका नेपालीहरू । सरकारले दिने कुनै पनि राहत प्राप्त नगर्ने तथा निश्चित समयभन्दा धेरै काम समेत गर्न नपाउने भएका कारण ठुलो संख्यामा उनीहरू मा’रमा परेका छन् । चर्को आर्थिक अभावको सामना पनि गर्नुपरेको छ । 

दोश्रो, अमेरिकामा रहेका कागजपत्रविहिन नेपालीहरू च’र्को मा’रमा परेका छन् । उनीहरू पनि सरकारबाट पाउने आर्थिक सुविधाबाट वञ्चित छन् । सन् २०१५ भन्दा अगाडि अमेरिका आएका कागजपत्रविहिन नेपालीलाई टीपीएसले समेटेको छ तर त्यसपछि कागजपत्रविहिन हुनेहरू आर्थिक मा’रमा छन् । कागजपत्रविहिनहरूका लागि केही गैर नाफामुलक संस्था र न्युयोर्क, क्यालिफोर्निया जस्ता उदार राज्यमा स्थानीय सरकारले प्याकेजहरू ल्याएपनि त्यती प्रभावकारी छैनन् । 

तेश्रो, विभिन्न भिसामा आएका तर, कोरोनाका कारण फर्कन नसकेका नेपालीहरू स’मस्यामा परेका छन् । उनीहरूले एकातिर आर्थिक अभाव झेल्नुपरेको छ भने अर्कातर्फ भिसा थपका लागि सरकारले खास व्यवस्था गरेको छैन । उनीहरूले चार सय ५५ डलर  तिरेर नियमित प्रकृयाबाटै भिसा थप्नुपर्ने वा परिवर्तन गर्नुपर्ने हुन्छ । (यो खबर आजको नयाँ पत्रिकामा दैनिकले छापेको छ )

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय