शव बोकेर रिडीतर्फ जाँदै गरेको बस दुर्घटना, सात जनाको मृत्यु - Hamro Janakpur

काठमाडौं । बुटवलदेखि रिडी हिँडेको बस पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित लघुवामा दुर्घटना भएको छ ।

शव बोकेर रिडीतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा सात जनाभन्दा बढीको मृत्यु भएको स्थानीयले बताए पनि पुष्टि हुन बाँकी छ । आइतबार बिहान साढे १० बजेको समयमा लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको हो ।

बसमा करिव ३५ जना मलामी सवार रहेको बताइएको छ । बसमा सवार ६ जना ग’म्भीर घा’इते रहेको हुँदा उपचारका लागि जिल्ला सदरमुकाम पठाइएको र बाँकीको अवस्था सामान्य रहेको छ ।

अहिले प्रहरी र स्थानीयसहितको टोलीले उद्दार कार्य गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

ने. बि. सघं ठाकुर राम इकाई समिति द्वारा हरि खेतान का प्राचार्य भगवान यादव विरुद्ध आन्दोलन को घोषणा

ने. बि. सघं ठाकुर राम इकाई समिति द्वारा हरि खेतान का प्राचार्य भगवान यादव विरुद्ध आन्दोलन को घोषणा

पवन प्रसाद साह , पर्सा । हरिखेतान बहुमुखी क्याम्पस विरुद्ध ने बि संघ ठाकुर रामक्याम्पस इकाई समिति ले ७ बुदा आन्दोलन को घोषणा गरेको छ।..

×