मधेशी युवा एकता समाज सेवा संस्था द्वारा सिरहा जिल्ला धनगढीमाई नगरपालिका चैनपुर स्कुलमा प्रा.वि. को छात्र छात्रा हरुलाई प्रध्यापक र सरहरुको उपस्थितिा कपि र पेन्सिल बितरण गरिएको छ।

यस संस्थाद्वारा यो भन्दा अगाडि पनि बिभिन्न ठाउँमा सहयोग गर्दै आइरहेको छ।मधेशी युवा एकता समाज सेवा को शाखा नेपालमा मात्र नभई विदेशमा पनि रहेका र संस्थाको मुख्य अभियान
१.बलत्कारी , भ्रष्टाचारी हटाउ देश बचाऊ
२.बालविवाह , दहेज प्रथा बन्द गराउ
३.अबैध उत्खनन बन्द गराउ
४.हस्पिटल माफिया, स्कुल माफिया बन्द गराउ
५.बाल मजदुर बन्द गराउ
६.ब्लड बैंक र क्लोथ बैंक स्थापना
७.भेदभाव, छुवाछुत र सामाजिक शोषण बन्द गराउ
र अरुपनि धेरै लक्ष्यका साथ यो संस्था अगाडि बढिरहेको संस्थाका अध्यक्ष श्री रामबाबु यादव ले बताउनुभयो।

संस्थाको उद्देश्य सहित र सहयोगको भावना लिई संस्थामा जुडन चाहने लाई हाम्रो संस्थाले सधैं स्वागत गरिनेछ र संस्था बाट सहयोगको अपेक्षा राख्ने हरुले हाम्रो संस्थामा सम्पर्क गर्न सक्नुहुनेछ संस्थाका कोषाध्यक्ष श्री शम्भु अधिकारी यादव ले जानकारी गराउनु भयो।

प्रतिक्रिया दिनुहोस् !