महोत्तरीमा एक पिडीत बालकालाई उपचारका लागि ४० हजार नगद सहयोग - Hamro Janakpur

जनकपुरधाम । विजुलीको पोल खस्दा खुट्टा भाँचिएर अस्पताल भर्ना भएका महोत्तरीका एक बालकलाई उपचारका लागि आर्थिक नगद सहयोग गरेको छ ।

महोत्तरीजु जिल्लाको मटिहानी नगरपालिका वडा नम्बर १ धिरापुरका राजु दासको चार वर्षीय छोरा राज दासलाई उपचारका लागि हेल्प मधेसी मलेसियाले आर्थिक सहयोग गरेको हो । हेल्प मधेसी नेपालका अध्यक्ष रामउदगार यादव र महिला अधिकारकर्मी सबिता यादवले बालकका परिवारलाई भेटेर ४० हजार रुपैयाँ हस्तान्तरण गरेका छन् ।

खुट्टा भाँचिएका ति बालकको काठमाडौंमा उपचार भइरहेको छ । तर आर्थिक अभावका कारण उपचार प्रभावित बनेको थियो । उपचारमा समस्या भएको जानकारी उक्त संस्थाका प्रतिनिधिहरुले पाएपछि रकम पठाएर सहयोग गरेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।