लकडाउन नाम सुनेपछि काठमाडौंबाट गाउँतिर फर्किन बसको टिकट लागि हाहाकार - Hamro Janakpur

जनकपुरधाम । सरकारले काठमाडौं उपत्यकामा १५ दिन लामो लकडाउन गर्ने भएपछि सर्वसाधारणहरु गाउँ फर्किने क्रम सुरु भएको छ । काठमाडौंबाट विभिन्न स्थानमा जाने सवारीसाधनहरु खचाखच हुन थालेका छन् ।


साेमबार बिहानदेखि सर्वसाधारणको चहलपहल बाक्लो थियो । टिकट काउन्टरअघि मानिसहरु लामो लाइन लागेका थिए । घर फर्किन लागेका अनुहारहरुमा खुशी भने थिएन । उनीहरुबध तनावग्रस्त मुद्रामा देखिन्थे ।

 

एक वर्षअघि पनि यस्तै दृष्य काठमाडौंमा देखिएको थियो । सरकारले अचानक चैतमा कडा लकडाउन गरेपछि काठमाडौंबाट फर्किनेहरुको लर्को थियो । त्यसबेला धेरैले लकडाउन लामो जाला भन्न सोचेका थिएनन् । तर, लम्बिँदै गएपछि काठमाडौंमा टिक्न नसकेकाहरु लामो पैदलयात्रा गरेर गन्तव्यमा पुगे ।

यसपालि भने सरकारले दुई दिनको समय दिएको छ । त्यसैले पहिलेझैं लकडाउन लम्बिएर काठमाडौंमा भोकै परिने डरले मानिसहरु अहिल्यै घर फर्किन थालेका छन् । कतिपयले आफ्नो कोठाका सामानहरु नै लिएर हिँडेका छन् ।

निषेधाज्ञाको समयमा काठमाडौंमा खान–बस्न र कोठा भाडा तिर्न समस्या हुने भएकाले गाउँ जान लागेको उनीहरु बताउँछन् ।

काठमाडौंमा बसने कतिपय अहिले परिवारसहित आफ्नो गाउँ बेसीसरह फर्कन हिँडेका थिए । उनले कोठा छाडेर अब नफर्किने गरी हिँडेको बताए ।

बच्चाहरुलाई पनि गाउँमा नै पढाउँछु । उनले भने, ‘काठमाडौंमा भन्दा गाउँमा नै पेट पाल्न सजिलो होला ।’

उनी काठमाडौंमा मजदुरी गरेर ५ जनाको परिवार पालिरहेका थिए ।

मिस्त्री काम गर्ने उनले भने, ‘यो सरकारले फेरी बन्द गराएर के गर्न खोजेको हो ? मान्छेले खानै खान नपाउने अवस्था आएको छ । बन्द मात्रै गरेर कोरोना नियन्त्रण त होला, तर मान्छे भोकले मर्ने अवस्था आउने भयो ।’

अन्यत्रका बस पार्कहरुमा पनि गाउँ जाने मान्छेको भिड लागेको छ । बैशाख १६ गतेदेखि हुने निषेधाज्ञा कति समयसम्म रहन्छ भन्ने एकिन छैन । सरकारले कोरोना महामारीको अवस्था हेरेर निषेधाज्ञालाई लामो बनाउने वा खोल्ने निर्णय गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।