काठमाडौं । नेपालमा बितेको वर्ष कोरोना भाइरस संक्रमणले वृद्ध र दीर्घरोगीलाई बढी सकस परेको थियो । बढी मृत्यु पनि यही समूहका मानिसको भएको थियो ।

तर अहिलेको लहरमा भने निरोगी युवालाई समेत मृत्युदर बढिरहेको उपचारमा संलग्न चिकित्सकले औंल्याएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा केही दिनयता मृत्यु भएका दुई युवा ३३ र ३८ वर्षका छन् । त्यस्तै ४९ वर्षका एक व्यक्तिको पनि मृत्यु भयो ।

उनीहरु तीनै जना निमोनिया भइसकेपछि मात्र अस्पताल पुगेका थिए । उनीहरुको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनीहरुमा कुनै पनि दीर्घकालीन रोग नभएको उपचारमा संलग्न डा.अनुप बास्तोलाले बताए ।

ह्याम्स अस्पतालमा केही दिनयता मृत्यु भएका दुईजनामध्ये एक कुनै रोग नभएका युवा छन् । उनीहरुको कोरोना निमोनियाले मृत्यु भएको अस्पतालकाकेभिड उपचार चिकित्सक डा. राजु पंगेनीले जानकारी दिए ।

वार्डमा सिकिस्त भएर भर्ना भएका मध्ये ३५ देखि ५० वर्षभित्रका धेरै रहेको डा.पंगेनीले बताए । त्रिवि शिक्षण अस्पतालमा कोभिड उपचार चिकित्सक डा.सविन थपलियाकाअनुसार भर्ना भएका १ सय ३० जना कोरोना संक्रमित बिरामीमध्ये ९० प्रतिशतको अवस्था गम्भीर छ ।

तीमध्ये पनि धेरै आइसियु चाहिने अवस्थामा छन् । सिकिस्त भएर उपचारमा पुग्नेमा निमोनिया भइसकेका युवा पनि छन् ।नागरिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय