संसदीय दलका जसपा नेता महतो चयन - Hamro Janakpur

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेतामा वरिष्ठ नेता राजेन्द्र महतो चयन हुनु भएकाे छ ।

वर्तमान राजनीतिक परिस्थिति र जसपा निर्माणमा महतोको योगदानलाई कदर गर्दै संसदीय दलको नेता चयन गरिएको केन्द्रीय कार्यकारिणी समितिका सदस्य डा.सुरेन्द्र झाले जानकारी दिए ।

जसपा निर्माणका बेला नै महतोलाई संसदीय दलको नेता दिने भन्ने जेन्टलमेन एग्रीमेन्ट भएको कुराहरु पनि बाहिर आएका थिए । सोहीअनुसार महतोलाई जसपाका बहुमत सांसदहरुले दलको नेता चुनेका छन् ।

जसपाका १९ सांसदहरुको हस्ताक्षरबाट महतो दलको नेता चयन भएको हुन् ।

दलका नेताका लागि सर्वसहमति जुटाउने प्रयास गरिए पनि विभिन्न दाबीहरुका कारण लोकतान्त्रिक प्रक्रियाबाट बहुमतको आधारमा महतो चयन भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

निषेधाज्ञामा होटल खोलेको भन्दै सञ्चालकलाई ४ लाख जरिवाना

निषेधाज्ञामा होटल खोलेको भन्दै सञ्चालकलाई ४ लाख जरिवाना

काठमाडौं । निषेधाज्ञाको समयमा होटल खोलेको भन्दै प्रशासनले सञ्चालकलाई जरिवाना तिराएको छ । निषेधाज्ञाको समयमा होटल खोलेको आरोपमा त्रिपुरेश्वरस्थित युनाइटेड विजनेश होटलका सञ्चालक अश्विल श्रेष्ठलाई..