पत्र-पत्रिका

संवादद्वारा जनकपुरधाममा “अन्तराष्ट्रिय युवा दिवस” मनाइयो 

By दिवेश कुमार महतो

August 12, 2023

दिवेश कुमार महतो, जनकपुरधाम ।

साउन २७ गते।

 

संवाद फाउण्डेशन द्वारा अन्तराष्ट्रिय युवा दिवसको अवसरमा वृक्षारोपन, मौन र्याली सहित युवा संवाद सहितका विविध कार्यक्रमहरु गरिएको छ।

 

शनिबार जनकपुरधामस्थित अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा जानकी मन्दिर नजिकै रहेको तेलहा मरहा पोखरीको डिलमा वृक्षारोपन गरिएको थियो । विभिन्न प्रजातिका फुलहरू गल्लामा रोपेर पोखरीलाई सुन्दर बनाउने उद्देश्यले पाेखरीकाे घाटमा र फोहरमैला व्यवस्थापन लाई न्युनिकरण गर्न डस्टविनहरू समेत राखिएको थियो । वृक्षारोपन कार्यक्रममा सरिक भएका जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले संवाद फाउण्डेशनको कामलाई प्रशंसा गर्दै सबै सहभागी युवा अभियानीहरुलाई धन्यवाद दिएका थिए ।

तेलहा मरहा पोखरीको डिलमा वृक्षरोपन गरी विभिन्न नारा सहितको प्ले-कार्ड बोकेर मौन र्याली निकाल्दै जनकपुरधामको विभिन्न चौकको परिक्रमा गर्दै मिथिला यात्री निवासमा आएर र्याली कार्यक्रम समापन गरेर युवा संवाद कार्यक्रम शुभारम्भ गरिएको थियो । युवा संवाद कार्यक्रममा मधेस प्रदेशका विभिन्न जिल्लाहरुबाट सहभागी भएका युवाहरुले युवा-युवा बिच संवाद गर्दै आ-आफ्नो धारणा व्यक्त गरेका थिए । उनीहरुले युवाहरुको समस्या, चुनौती र अवसर बारे छलफल गर्दै एकिकृत रुपमा सबै युवाहरु मिलेर आगाडि बढ्ने गरी छलफल गरेका थिए । देशमा युवा नेतृत्वको आवश्यकता रहेको र शिक्षा ,स्वास्थ्य र कृषि लगायतका क्षेत्रमा युवाहरुको अर्थपुर्ण सहभागिताले राष्ट्रको कायापलट हुने कुरा उपस्थिति युवा वक्ताहरुको धारणा रहेको थियो।

 

युवा “वायु” हुन् उनिहरुका निम्ति राज्यले यसै देशमा फुल्ने र फक्रने वातावरण सृजना गर्न आवश्यक छ । युवालाई सपना र भाषणमा मात्र होइन विपनामा पनि रोजगारि गर्ने वातावरण सृजना गरियोस् । राज्यले युवाका क्षमता र श्रमलाई यहि खर्चेर देश विकासमा उनिहरुको योगदानलाई पनि जोडियोस् र युवाहरुको लागी स्वदेश मै रोजगारी को अवसर गर्नुपर्ने अवस्था रहेको कुरा संवाद फाउण्डेशनका केन्द्रीय सल्लाहकार अनिल महतोले आफ्नो धारणा व्यक्त गरेका थिए ।

युवाहरुले आफ्नो हकअधिकार को लागि संवादको माध्यमबाट सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य गरी हक अधिकार स्थापना गराउनमा आ-आफ्नो तवरबाट लागमु पर्ने आवश्यक रहेको र युवाहरु भविष्यको कर्णधार नभएर आजको कर्णधार रेहेको कुरा संवाद फाउण्डेशनका केन्द्रीय अध्यक्ष कुमार भास्करले बताउनुभयो । संवाद फाउण्डेशनले संवादको माध्यमबाट मधेस प्रदेश सहित राष्ट्रको समस्या लाई न्युनिकरण र समाधान गर्नलाई प्रत्यक्ष रुपमा नागरिकलाई जोड्दै सरोकारवाला निकायहरुसँग संवाद गर्दै आएको कुरा बताउनुभयो ।