निःशुल्क अपग्रेड सुविधा सहित विण्डोज ११ सार्वजनिक - Hamro Janakpur

माइक्रोसफ्ट कम्पनीले ६ वर्षपछि विन्डोज ११ सार्वजनिक गरेको छ। सन् २०१५ मा कम्पनीले विन्डोज १० ल्याएको थियो।

यो संस्करणलाई कम्पनीले विण्डोजको ‘नेक्स्ट जेनेरेसन’ को रूपमा अघि सारेको छ, जसमा नयाँ डिजाइन र अपडेटेड फिचर दिइएको छ । नयाँ बुट स्क्रिन र स्टार्टअप साउण्डदेखि स्टार्ट मेन्यु र अपग्रेडेड विजेट यो अपरेटिङ सिस्टममा थप गरिएको छ ।

कम्पनीले यस वर्षको अन्त्यतिरबाट विन्डोज ११ कम्प्युटर तथा अन्य उपकरणमा प्रयोग गर्न मिल्ने बताएको छ।

कम्पनीले विन्डोज १० का प्रयोगकर्ताका लागि ११ को नि:शुल्क अपडेट उपलब्ध गराउने जनाएको छ ।

विण्डोज ११ मा हाई कोर्टाना’ वेलकम स्क्रिन र लाइभ टाइल्स हटाइएको छ । प्रयोगकर्ताले यो अपरेटिङ सिस्टममा सुरूदेखि नै नयाँ र परिस्कृत अनुभव गर्न पाउनेछन्।

फ्रेस सेटअप स्क्रिनसहित सुरू हुने यो अपरेटिङ सिस्टममा हरेक स्क्रिनको काम नयाँ अनुभव दिने गरी विभिन्न विण्डोज इलिमेन्टहरू प्रदान गरिएको छ ।

विन्डोज ११ मा नयाँ आइकन, एनिमेशन, नयाँ स्टार्ट मेन्यू, टास्कबार लेआउट देख्न पाइनेछ। यसका साथै कम्पनीले एपको ‘रि-एरेन्ज’ पनि गर्ने बताइएको छ जसको फाइदा मल्टिपल मोनिटरमा पाइनेछ। माइक्रोसफ्ट एक नयाँ एप स्टोरमा पनि काम गरिरहेको बताइएको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

महन्थ ठाकुर र उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत

महन्थ ठाकुर र उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत

जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र पूर्वमन्त्री उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत गरिएको छ । विभिन्न जिल्लामा राखिएको अगुवा कार्यकर्ता भेलामा सहभागी..