नरेन्द्र महताे/ गाैशाला। २१ अौं शताब्दीका विद्यालय यस्तो जहाँ विद्यार्थी स्वतन्त्र , उत्सुक , क्रियाशील र ईच्छापूर्वक सिक्न , सिकेका कुरालाई व्यवहारमा उतार्न , जनता र देशलाई सर्वाेपरी ठानी जिवनकाे वलिदानी दिन सक्ने ईमान्दार , नैतिकवान , चरित्रवान र विचारवान व्यक्तित्व भएकाे व्यक्ति उत्पादन गर्ने थलाे विद्यालय नै रहेकाु गाैशाला नगरपालिका वडा.७ का वीरेन्द्र मा. वि. का प्र. अ. भरत सिंहले अन्तरक्रिया कार्यक्रममा वताउनु भयाे ।
विद्यालय तहकाे संरचना : बाल कक्षा ( 0 ) देखि ८ कक्षा सम्म अाधारभूत ( यसकाे अर्थ कक्षा अाठ सम्म अनिवार्य पढनै पर्छ ) तह र ९ कक्षा देखि १२ कक्षा सम्म माध्यमिक तह नै हाे ।
माध्यमिक तह सम्मकाे शिक्षा सम्बन्धि अधिकार ( सम्पूर्ण अधिकार हाेईन ) गाउँ पालिका / नगर पालिका / उप वा महानगर पालिकालाई दिएकाे छ ।अर्थात अा – अाफ्ना क्षेत्र भित्रका विद्यालयकाे भौतिक विकास , शैक्षिक विकास र दक्ष जनशक्तिको विकास सम्बन्धित पालिकाका हाे तर सम्बन्धित पालिकाले विद्यालयकाे शिक्षा राम्रो गर्न पालिकाकाे शिक्षा विभागलाई स्वतन्त्र अधिकार दिनुपर्छ ( हस्तक्षेप नहुने गरि ) । शिक्षा विभागले पालिका प्रमुखको राेहवरमा सबै राजनीतिक दलकाे समन्वयमा संगै हरेक वडाका वडाध्यक्षकाे उपस्थितिमा एउटै प्रस्ताव राख्नुपर्छ कि अा अाफ्ना वडाकाे विद्यालयकाे शिक्षाकाे सुधारकाे लागि के के उपाय गर्न सकिन्छ वा कसरी सुधार गर्न सकिन्छ सिंहकाे भनाई छ।
वडा अध्यक्षले वडा भित्रका सबै विद्यालयका शिक्षकवर्गलाई भेला गराई शैक्षिक अन्तरक्रियामा उही कुरा राख्नुपर्छ कि विद्यालयकाे शिक्षा कसरी सुधार गर्न सकिन्छ ? यश पश्चात् विद्यालय व्यवस्थापन समितिकाे सम्पूर्ण सदस्यलाई वडाध्यक्षकाे राेहवरमा त्यही प्रश्न उठाउनु पर्छ । यसकाे अलावा समाजका बुद्धिजीवी , किसान , मजदुर सबैकाे बीचमा शैक्षिक बहस चलाई , अा अाफ्ना प्रतिवेदन पालिका प्रमुखलाई जिम्मा लगाएर नगर शिक्षा विशेष समितिले ( पालिका प्रमुख , शिक्षा शाखा प्रमुख र पालिका प्रवक्ता ) प्राप्त गरेका सुझावकाे अाधारमा अगाडि बढेमा निश्चितरूपमा शिक्षामा नयाँ क्रान्तिकाे शुरुआत हुन्थ्याे । शिक्षामा क्रान्ति गर्ने समय नै यही हाे । विद्यालयमा शिक्षाको सुधार गर्न अधिकांशको विचार यस्तो हुन सक्ला वि व्य स र समाजबाट अाउन सक्ने प्रतिवेदन :
( १. ) शिक्षकहरु समयमा विद्यालयमा अाउदैन तर हाजिरमा हेर्दा १० :०० बजेकाे हुन्छ ।
( २. ) ४५ मिनेटकाे घण्टीमा ५ मिनेट ढिलाे कक्षामा जाने र ५ मिनेट पहिले कक्षाबाट निस्कने गर्छ ।
( ३ )कक्षा १-५ ( ६ शिक्षक ) , ६-८ ( १० शिक्षक )र ९-१२ ( २० शिक्षक ) मा तहगत र विषयगत शिक्षक विद्यालय विद्यालयमा शिक्षक पर्याप्त हुनुपर्छ ।
( ४ ) प्र अ र शिक्षक सबैकाे न पा भित्रमा सरुवाकाे व्यवस्था भए हुन्थ्यो ।

प्र अ र शिक्षकहरुबाट यस्तो प्रतिवेदन अाउन सक्ने :
१. विद्यार्थीहरू विद्यालयमा नियमितरूपमा अध्ययन गर्न
अाउदैन ।
२ . विद्यालयमा विद्यार्थी ६ घण्टा मात्र हुन्छ तर अभिभावकसंग त १८ घण्टा हुन्छ र अभिभावकले ध्यान दिदैन । अभिभावकले अा अाफ्ना बच्चालाई विद्यालयमा पुर्‍याइ दिदैन ।
…………………………………………………………………………
वडाध्यक्षकाे यस्ताे प्रतिवेदन अाउन सक्ला :
( १. ) गाउँको शिक्षकलाई कम्तीमा ५ किलाे मिटरको दूरीको स्कूलमा सरुवा गरिनुपर्छ ।
( २ ) विद्यालयमा शिक्षकहरु बढि राजनीतिकाे कुरा गर्छन ।
( ३ ) याे – याे प्र अ र शिक्षकलाई सरुवा गर्नु वा गर्नै पर्छ ( तर भित्री मन्साय दलगत वा ईर्ष्याले पनि हुन सक्ला ) ।
………………………………………………………………………… यति सम्म अन्तरक्रिया भयाे भने निश्चितरूपमा विद्यालय , विद्यालय जस्तो हुनेछ ।
………….. विद्यालय र विद्यालयकाे शिक्षा सुधार गर्न मेराे विचारमा दुई- चारवटा कार्य गरेमा विद्यालय र विद्यालयकाे शिक्षा सुधारमा धेरै समय लाग्दैन :
१. शिक्षकमा तीनवटा गुण भए पुग्छ , पहिलाे ईमानदारीता ( मैले समयमा स्कुल पुग्नुपर्छ , भाेली पढाउने पाठ अाफुले अध्ययन गर्नुपर्छ र शैक्षिक सामग्रीकाे साथमा पढाउनुपर्छ , संगै अाफ्नाे सन्तानलाई अाफुले काम गरेकाे वा अन्य सामुदायिक स्कूलमा पढाउनुपर्छ ) अर्काे नैतिकता ( सिक्याे / सिकेन मूल्यांकन गर्ने : साेधेर , एकाइ परीक्षा लिएर र पृष्ठपाेषण दिएर ) र तेश्राे प्रतिबद्धता ( प्र अले मात्र हाेइन सम्पूर्ण शिक्षक , कर्मचारी ले भन्नुपर्छ कि स्कूल मेराे हाे , विद्यार्थीकाे रेखदेख , कक्षाकाेठाकाे व्यवस्थापन , सरसफाइ र अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता , ” मैले नगरे कसले गर्ने , अाज नगरे कहिले गर्ने ) ।
२. स्वच्छ वा शुद्ध अभिभावक नै वि व्य स काे समिति बन्नुपर्छ तर अध्यक्ष कम्तीमा बैचलर पास गरेकाे हाेस , सदस्यहरू कम्तीमा सी ( एस एल सी ) पास हाेस ।
३ . विद्यालयमा पार्टीगत वा दलगत राजनीति नहाेस ।
४. दराे ( अधिकार सहितकाे ) अनुगमन पालिकाले छानाेस र कार्यमा लगाअाेस र त्यसै अनुसारकाे जरिवाना स्थानीय सरकारले कार्यान्वयन गराेस ।
५. राम्राे गर्ने विद्यालय र शिक्षकलाई पुरस्कार र नराम्रो गर्ने विद्यालय र शिक्षकलाई हदै सम्मकाे दण्डकाे व्यवस्था हाेस ।
” ? स्कूलमा पठाइ दिउँ र अनावश्यक स्कूललाई मर्ज गरौ ।”
१-५ भण्टावारीमा चलाेस र १-५ बेलगाछीमा चलाेस र ६-१० वा ६-१२ खाल्डो बजारकाे छेउछाउमा चल्ने गरि यी दुबै स्कूललाई मर्ज गरौ , ६-८ बहादुरगंज ७ कक्षा मा वि बटौवामा मर्ज गरौ , ६-८ कक्षा कालीपुरलाई मा वि भरतपुरमा मर्ज गरौ , १-३ कक्षा मनहरबा मा यथावत राखी माथिकाे कक्षालाई जमुनियाँ स्कूलमा मर्ज गरौ , १-५ कक्षा मुनि मिश्रीमा यथावत राखी ६-८ कक्षालाई मा वि कान्ति बजारमा मर्ज गरौ , फुलकाहामा मुसहरी स्कूललाई मर्ज गरौ , राम प्रा वि लाई मा वि गौशालामा मर्ज गरौ , बिरताकाे प्रा वि लाई मा वि निगौल वा मा वि गौशालामा मर्ज गरौ , प्रा वि रजखाेरलाई मा वि रजखाेर वा मा वि गौशालामा मर्ज गरौ , ईटाटार स्कलकाे ६-७ वा ६-८ लाई मा वि रजखाेरमा मर्ज गरौ , बान्टाेल स्कूलकाे ६-८ लाई मा वि रामनगरमा मर्ज गरौ र भरतपुर -३ लाई बिषहरपुरमा मर्ज गरौ ।
यति गर्नलाई हरेक दलकाे राजनीति गर्ने व्यक्तिको र बुद्धिजीवी बीचमा शिक्षा सुधारकाे लागि अन्तरक्रिया र व्यापक बहस नगरी हुदैन । मेराे याे विचार न कुनै शिक्षकलाई मन पर्ला न कुनै राजनीतिक दललाई । मन नपरे पनि शिक्षा सुधारकाे विकल्प नै यही हाे किनकि स्कूल मर्ज गरेमा हरेक स्कूललाई लगभग शिक्षक पूरा हुनेछ र केही शिक्षक कम हुने स्कूललाई न पा बाट झण्डै ३२ वटा शिक्षककाे व्यवस्था गरेकै छ ।
शिक्षकले अाफ्नाे बच्चालाई सामुदायिक विद्यालयमा नपढाउनुकाे कारण : उच्च तहका शिक्षककाे विश्वास तल्लाे तहका शिक्षकमा विश्वाश नगर्नु संगै सामुदायिक विद्यालयमा अंग्रेजीमा पढाइ नहुनु ( यस्तो भनुनजेल अथवा साेचुञ्जेल सबै शिक्षकले किन साेच्दैन कि हामी सबै मिली अंग्रेजीमा पढाअौ , नसाेच्नुकाे अर्थ हामी शिक्षक अाफै अंग्रेजीमा पढाउन सक्षम छैनौ ) ।
तल्लाे तहका शिक्षकलाई अाफैमा १००% विश्वास रहेन छ यस्ताे किन भने : हामी शिक्षकले कहिले पनि बहस वा अन्तरक्रिया अथवा स्टाफ मिटिङ्गमा प्रस्ताव राखेनौ कि हामी अंग्रेजी माध्यममा पढाअौ । यहाँ सम्म कि विद्यालय व्यवस्थापन समितिले पनि कहिले प्रस्ताव राखेन हाेला कि तपाईंहरुले बाल कक्षा र १ कक्षा बाट अंग्रेजी माध्यममा पढाउनुहाेस वा पढाउनुपर्छ । विद्यालय व्यवस्थापन समिति काे नजर र उदे्श्य ” तेरा ध्यान किधर है ? मेरा हिराे इधर है ” यानी पैसामा । कुनै निर्माणकाे काम भयाे कि वि व्य स का अध्यक्ष लगायत भनाउदाहरु पनि कमिसन माग्न थाल्छन , प्र अ ले अरुलाई दिन सक्ने भएपछि अाफु नखाने कुरा सुहाउँछ अनि कमिसन काे रकम प्र. अ .ले कुन शिर्षकमा मिलाउने ? विकास नहुनुकाे कारणकाे एक झलक तल लेखिएकाे हाे
जहाँ प्र अ र वि. व्य. स. ईमानदार ( १००% हुँदै हाेइन ) हुन्छ त्यहाँकाे स्कुल हेर्नुस । मा वि गौरीडाँडा बर्दिबाँस , जनता मा वि बर्दिबास , मा वि देउराली , गौशाला भित्र काे मुन्नी मिश्री , बहादुरगंज ७ , मा वि निगौल ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय