जनकपुरधाम । धनुषामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट जनप्रतिनिधिको मृत्यु भएको छ । जनकपुर स्थित प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत धनुषाधाम नगरपालिका– ६ का वडाध्यक्ष बन्दे बहादुर मोक्तानको बिहीबार मृत्यु भएको हो ।

मोक्तान प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचाररत थिए । उनको उपचार भइरहेको कर्ममा मृत्यु भएको छ।

संक्रमण पुष्टि भएपछि ५० वर्षीय मोक्तानलाई कोरोना अस्थायी अस्पतालमा सारिएको थियो । उपचारकै कर्ममा बिहीबार मृत्यु भएको अस्पतालले जनाएको छ।
वडा अध्यक्ष मोक्तान पुर्व एमाले बाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय