धनुषाकाे कचुरिमा प्रदेश स्तरीय भलिबल प्रतियोगितामा प्रथम प्रदेश प्रहरी र दोस्रो कटरैत - हाम्रो जनकपुर

जनकपुरधाम । धनुषाको मिथिला विहारी नगरपालिकामा शुक्रबार भएको प्रदेश स्तरीय फाइनल भलिबल प्रतियोगिताको खेलमा प्रदेश प्रहरी कार्यालयले जितेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले आयोजना गरेको प्रतियोगितामा प्रदेश प्रहरीले कटरत ०–३ अंकले पराजित गरको हो ।

मिथिला विहारी नगरपालिकावडा नम्बर ८ का वडाध्यक्ष जिवछ यादवको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री ज्ञानेन्द्र यादवको प्रमुअ अतिथ्यता रहेको थियो। खेलले युवालाई अनुशाशित बनाउनुको साथै स्वास्थ्यमा ठुलो मद्दत पुगेको बताए । खेल क्षेत्रमा प्रदेश सरकारले गरकोे लगानी बार उल्लेख गर्दै खेलको विकासका लागि सरकार प्रतिबद्ध रहेको दावी गरे ।

खेलमा प्रथम भएका प्रदेश प्रहरीले रु एक लाख नगदसहित ट्रफी र प्रमाणपत्र पाए । यस्तै खेलका उपविजेता कटरतले नगद रु ५० हजार, प्रमाणपत्र र ट्रफी पाएका छन् भने तेस्रो भएका ब्रर्दस जनकपुरले नगद रु २५ हजार, प्रमाणपत्र र ट्रफी पाएको आयोजक संस्थाले जानकारी दिएका छन् । कार्यक्रममा विल्टु यादव, हेम शंकर यादव, प्रशिक्षक भरत यादव, सिता यादव, नगर प्रमुख अनिल यादव लगायतले सम्बोधन गरको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय