प्रदेस २ : मन्त्रीको सुरक्षामा सशस्त्र प्रहरी रहेन - हाम्रो जनकपुर

जनकपुरधाम । प्रदेशका मन्त्रीहरूको सुरक्षामा खटिएको सशस्त्र प्रहरी फिर्ता हुने विषयमा प्रदेश २ सुरक्षा समितिले दुई निर्णय गरको छ । बिहीवार बसेको प्रदेश सुरक्षा समितिको बैठकले आकश्मिक रुपमा सशस्त्र प्रहरी फिर्ता गर्ने कुरा तत्काल लागु नहुने र विकल्प छिट्टो पठाउन पहल गर्ने निर्णय भएको गरिएको हो ।

बैठकमा सहभागि आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले सुरक्षामा खटेका सशस्त्र प्रहरीलाई तत्काल हटाउन नहुने बताएका छन् ।

उनले भने, सशस्त्रलाई हटाउने हो भने अर्को निकायको सुरक्षाकर्मी उपलब्ध गराउनुपर्यो। पहिले अर्को सुरक्षाकर्मी पठाइयोस्, त्यसपछि मात्र हटाउन मिल्छ ।’ मन्त्री यादवले सुरक्षाको प्रबन्ध नगरसम्म सशस्त्र प्रहरी फिर्ता नहुने बताए । नेपाल प्रहरीसंग बिना सल्लाह गरी केन्द्रले गरको े निर्णय गलत रहेको उनको भनाई छ । उनले भने, आज पत्राचार ग¥यौं फिर्ता लैजान हुँदैनन्। अर्को व्यवस्था नभएसम्म सशस्त्र प्रहरीले नै सुरक्षा दिने सहमती पनि भएको छ ।

यता, प्रदेश २ का प्रमुख डिआइजी धिरजप्रताप सिंहले सशस्त्र प्रहरीको ठाउँमा नेपाल प्रहरी खटाउने तयारी भइरहेको जानकारी दिए ।

उनले भने,हुन त हामीलाई अहिलेसम्म कुनै निर्देशन आएको छैन । यद्दपी शसस्त्र प्रहरी हटाउँदा नेपाल प्रहरी खटाउने कुरा भइरहेको छ ।’बैठकमा मन्त्रीको सुरक्षामा खटिएको सशस्त्र प्रहरीलाई फिर्ता बोलाएर नेपाल प्रहरीलाई खटाउन पहल गरिदिन सशस्त्र प्रहरी महानिरीक्षक (डिआइजी) राजु अर्याल र नेपाल प्रहरीका डिआइजी सिंहलाई जिम्मेवारी नै दिएको बुझिएको छ ।

गृह मन्त्रालयले सशस्त्र प्रहरी कार्यालय प्रदेश २ मा बुधबार नयाँ कार्यविधि पठाएर सशस्त्र प्रहरी अंगरक्षक हटाउन निर्देशन दिएको थियो। त्यही कार्यविधिको आधारमा डिआइजी अर्यालले प्रदेशका सबै मन्त्रालयमा विहीबार सशस्त्र प्रहरी फिर्ता बोलाइने जानकारीसहित पत्राचार गरका थिए ।

प्रदेश २ सरकारका मन्त्रीहरूका लागि ३२ जना सशस्त्र प्रहरीको वरिष्ठ हवल्दार तथा हवल्दार खटिएका छन्।

प्रदेश सरकारका अन्य मन्त्रीहरूलाई २÷२ जना सशस्त्र प्रहरी र आन्तरिक मामिला तथा कानुन मन्त्रीका लागि आठ जना सशस्त्र प्रहरी खटाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय