बैदेशिक रोजगारमा रहेका नेपालीलाई पनि मतदानमा सहभागी गराउन जनमतको माग - हाम्रो जनकपुर

जनकपुरधाम । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले बैदेशिक रोजगारमा रहेकाहरुलाई पनि मतदानमा सहभागी गराउन माग गरेको छ।

जनमत पार्टीले निर्वाचन आयोगलाई ज्ञापन पत्र बुझाउँदै बैदेशिक रोजगारमा लाखौं योग्य मतदाता रहेको भन्दै उनीहरुलाई पनि मतदानमा सहभागी हुने व्यवस्था मिलाउन माग गरेको हो।

साथै मतदाता नामावलीमा धेरैको नाम छुटेकोले मतदाता नामावलीमा नाम थपका लागि व्यवस्था मिलाउन आयोगसँग माग गरिएको छ।

यसैगरी जनमत पार्टीले निर्वाचन स्वच्छ र निश्पक्ष बनाउनसमेत आग्रह गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय