महिलामाथिका हिंसा र विदेभविरुद्ध प्रतिकात्मक शव र मलामीसहित आज काठमाण्डौमा मार्चपास - हाम्रो जनकपुर

काठमाण्डौ । मुलुकभर महिलाहरुमाथि भइरहेका जबर्जस्ती करणीसहितका हिंसाका घटनाविरुद्ध आज काठमाण्डौमा मार्चपास गरिएको छ ।

बृहत् नागरिक आन्दोलनले काठमाण्डौको वसन्तपुरदेखि सिंहदरबारसम्म मार्चपास गरेको हो । महिलामाथिका हिंसा र विदेभविरुद्ध प्रतिकात्मक शव र मलामीसहित मार्चपास गरिएको छ ।

महिलामाथि निरन्तर हिंसा बढिरहँदा पनि सरकारले दोषीहरुलाई कानुनी दायरामा ल्याउन नसकेको भन्दै मार्चपासमा सहभागीहरुले आक्रोश पोखेका छन् । मार्चपासमा सहभागीहरुले न्याय चाहियो, महिला हिंसा अन्त्य गर जस्ता नारा लगाएका थिए ।

मार्चपासमा अधिकांश सहभागी महिला र किशोरीहरु छन् । हिंसा र बलात्कारविरुद्ध आवाज उठाउँदै प्रतिकात्मक शव र मलामीसहित उनीहरुले वसन्तपुरदेखि सिंहदरबार मूलगेटसम्म मार्चपास गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय