प्रदेश सरकारले ल्यायो WIFI सहितको ' परिवहन' बस सेवा, संचालनमा ल्याउँदै - हाम्रो जनकपुर

जनकपुरधाम । प्रदेश २ सरकारले फागुन महिनाभित्रै पाँच वटा बस संचालन गर्ने भएको छ । पाँच वटा सुविधासम्पन्न बस प्रदेश सरकारले ३ करोड ९ लाख ८२ हजारमा खरिद गरिसकेको छ ।

आज बस मधेस भवनमा ल्याएको छ । भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले प्रदेश परिवहन सञ्चालन सन्दर्भमा कार्यविधि निर्माण कार्य अन्तिम चरणमा रहेको जानकारी दिए । उनले फागुन महिनाभित्रै सम्पूर्ण तयारी पुरा गरी बस संचालनमा ल्याइसक्ने बताए ।

उनले परिवहन सञ्चालक समिति गठन भइसकेपछि समितिले परिवहन सेवाको भाडा दर निर्धारण गर्ने पनि बताएका छन् । समितिले बस संचालनका लागि सम्पूर्ण जिम्मेवारी पाउने छ । ५० बेड क्षमता बसमा स्वचालित ढोका रहेको बताइएको छ ।

जनतालाई सहज, सुलभ र सस्तो सेवा प्रवाह गर्ने उदेश्यका साथ प्रदेश सरकारले बस संचालनमा लागेको छ । ५ वटा बस संचालनमा आएपछि सयौं युवाले रोगजार समेत पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय