सहिद, संविधान र असंवैधानीककदम ! - हाम्रो जनकपुर

अनिल बस्नेत/महोतरी । सदा भन्दा यो बिहानी अलि फरक थियो। दोबाटे खहरे खोलाको डिलमा अबस्थीत फुसको त्यो झुप्रोमा पनि गर्विलो रौनकले छोएको लख सजिलै काट्न सकिन्थ्यो ।

घर र आँगन, ताजा गोबर र माटोको स-मिश्रणले बडो कलात्मक रितले पोतिएको देखिन्थ्यो। चौपायालाई घर नजिकैको बाँझो खेतमा किल्ला ठोकेर बाँधिएको थियो। अनि आँगन खोस्रिएर गाँड भर्ने पन्छिहरू पनि आँगनदेखि खेदिएको थियो।

“उता झुप्रो भित्रको स्थिती भने बडो कहाली लाग्दो थियो। तर आज सबै ती स्थितीलाई त्यहाँका बासिले बिर्सिए झैं लाग्थ्दथ्यो।

*********
केटि दगूर्दै वारि घरछेउको खोलाको डिलसम्म पुगिन तर पारि खोलाको डिलसम्म दृष्टि पु~याईन। उनले देखे, -एक सत्तरी बर्षे बूढो पारि डिलबाट सुस्तरि सुख्खा खहरे खोला झर्दै थिए। उनलाई वारि पुग्न बडो हतार छ झैं लाग्दथ्यो। उनका बृद्ध कमजोर ती पाउहरू गर्वका साथ अचाक्ली लम्किरहेको प्रष्टै देेखिन्थ्यो।

त्यसै बखत, केटिले, मुखलाई गोलाकार घेरामा घेर्दै, दूबै हात्केलालाई नाक र चिउँडोसम्म पु~याईन अनि बडो भाबका साथ चिच्याईन – “बिस्तारैsss आउनुस्sss हैsss हजुरबाsss! बिस्तारैsss आउनुस्sss!”

बुढाका बृद्ध कानले ती ध्वनि ठम्याए, ठम्याएनन् भन्न अलि कठिन थियो तर ध्वनिसँगै बुढाले पनि त्यो बृद्ध नजर पारि नातिनी सम्म पु~याएको महसुस भने बडो गजबले हून्थ्यो, -केटिको स्वागतमय् हात हल्लाईमा बूढो मुस्कुराईरहेको जो देखिन्थ्यो।

उता, झुप्रो घरभित्र भने बृद्ध बुढि कुच्चिएको टिनको थोत्रो बाकस खोतल्दै थिई। अघिल्लो बर्ष जतनसाथ राखेको कुनै महत्वपूर्ण बस्तु खोजिरहेको हुनुपर्छ…

यता, बूढो र केटि भने आँगनमा आईपुगे। बुढोले बडो प्रेमभाबको साथ बुढिलाई पुकारे, “ऐ! बिरेकि आमा भेटिनस्? अबिर र अगर बत्ति ल्याईसकें! छिटो गर!”

“पख है बुढा! पख! खोज्दै छु! आँखाले राम्ररी ठम्याउँदैन, के गरौं त!?”
“पख, यसलाई हेर्न दे त, यसले भेट्छ कि!?” बुढाको इसारा केटि तर्फ थियो।

हातभरि गोबर र माटोको सुख्खा लेप छँदैनै थियो, त्यहि हातले अबिर र अगर बत्ति समातेर ठिङ्ग उभिएकी केटि ओसरामा अबीर र अगर बत्ति राखेर भित्र पसिन्। बूढो भने पिंढीमै बसिरहेका थिए।

छिनभरमै खोजिरहेको बस्तु केटिले हातमा बोकेर बाहिर निस्किन। बुढि चाहिँ हातमा थाङ्ना बोकेर केटिको पछिपछि निस्कँदै थिए। केटिले बस्तु बुढोको हातमा थमाईन्।

बुढोले पनि बुढ्यौली चस्मालाई मिलाउँदै बढो गर्भकासाथ नियालेर बस्तुलाई हेरे तर बस्तु भित्रको आकृति धुलोले गर्दा ज्यादै नै धमिलो थियो। धूलोको थुप्रो बडो नचिन्ने गरि, बस्तु माथि थुपरिएको जो थियो।

बुढिले थाङ्ना बुढो तर्फ दिदै भने, “ल लेउ, यसले सफा गर!”

थाङ्ना हातमा लिएर, बुढोले बडो प्रेमका साथ धुलो झार्न थाले। केटिको तीखो नजर अनि बुढिको धमिलो नजर अर्थात दूबै नजर त्यस बस्तुको आकृती हेर्न आतुर देखिन्थे, त्यसैले दूबै नजर अटल बनी त्यसै बस्तुमा अडिरहे…

यता त्यो, धमिलो आकृती, धूलोको झराईसँगैं चम्किंदै गईरहेको थियो।
हुनपनि, प्रत्येक धूलो झराईसंगै बिरेको त्यो तस्वीर प्रष्टिंदै गईरहेको थियो, भने उता अटल बनी अडिएका ती दुई नजर टिलपिल आँशूका कारण धमिलिंदै गयो।

धुलो झारिरहेको बुढोको हातबाट फोटो सहितको त्यो फ्रेम, हत्तन-पत्त खोसेर छातीमा टसाउँदै बुढि रून थालिन। हजुरआमाको रूवाईसंगसँगै ताल मिलाउँदै केटि पनि रोईन्।

बुढिको, -बगिरहेको त्यस आँशुको भेलमा, छोरा गुमाउनु पर्दाको पीडा देखिन्थ्यो भने केटिको आँशूको थोपाहरूमा लाडप्यार गर्ने बाबूको अभाब…

अवाक्क परेको बूढो, अडिएर बुढि र नातिनी तर्फ हेर्दै भने,”किन रून्छस् बुढि? तेरै छोराले गर्दा नै त त्यो ‘सम्बिधान’ भन्ने लेखिएको रे, सबैले सुख पाको रे, हामीले दु:ख पाएर के भो त!? हाम्रो छोराको कारण अरूले सुख पाएकोमा पनि त हामी खुशि नै हुनुपर्छ।”

बुढोको कुरा सुनेर, बुढिले आँसु पुछिन्, केटि भने सुकसुकाउँदै थिई। बुढोले पिंढीको भित्तामा ठोकिएको किल्लामा छोरोको फोटो झुण्याए, अनि अघि भर्खर किनेर ल्याएको अबीर फोटोमा दल्दै मूस्कुराईरहेको छोरोको तस्वीर एकटकले नियाली रहे…,

बुढिले पनि अगरबत्ति बालेर चढाईन् तर छोरिले भने हत्त न पत्त आँगनको दुई थुङ्गा फुल टिपेर बुवामा श्रद्धासुमन् अर्पित गरिन्।

मध्यान्नको बाह्र बज्दासम्म पनि त्यस तीन प्राणीमा कुनै भोक थिएन, त्यस फूसको झोपडी भित्र कुनै लोभ थिएन् अनि कुनै सत्ता मोह पनि थिएन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय