रौतहटमा ‘धुवाँ चुल्हो मुक्त अभियान’ जारी:शहरी मन्त्री साह - Hamro Janakpur

रौतहट । सहरी विकास मन्त्री प्रभु साहको ‘धुवाँ चुल्हो मुक्त अभियान’ अन्तर्गत आज गुजरा नगरपालिकाको वडा नम्बर ८ र ९ मा झण्डै ७५० घर परिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको छ ।

रौतहट निर्वाचन क्षेत्र नम्बर ३मा पर्ने गुजरा नगरपालिकाको वडा नम्बर ८ को जुगौलियामा २१४, देवीपुरमा ६२ र पिपरामा ९५ घर परिवार तथा वडा नम्बर ९ को दयालपुरमा १४०, अमतवामा १३०, अमतवा चौधरी टोलमा १३० घर परिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको हो । योसँगै अब गुजरा पनि धुवाँ चुल्हो मुक्त नगर बन्ने निश्चित भएको छ ।

वितरण कार्यक्रममा प्रदेश २ का सांसद कुन्दन कुशवाहा, मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह, नेकपाको प्रदेश कमिटी सदस्य त्रिभूवन साह, गुजरा नगर कमिटी अध्यक्ष पलट चौधरी, नेता चन्देश्वर बैठा, विजय यादव निर्बिज लगायतको उपस्थिति थियो । निर्वाचन क्षेत्र नम्बर ३ मन्त्री साहको गृह क्षेत्र पनि हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।