एजेन्सी । भारत मुम्बईकी एक हाेटलमा सांसद मृत फेला परेका छन् । लोकसभा सदस्य मोहन देलकर दक्षिण मुम्बईको एक होटलमा मृत फेला परेका हुन् । उनको शव होटल सी ग्रीनमा फेला परेको थियो । प्रहरीले उनी बसेको कोठाबाट गुजराती भाषामा लेखिएको सुसाइड नोट पनि भेटेको छ ।
डेलकरको परिवारमा पत्नी कालाबेन डेलकर, दुई छोराछोरी अभिनव र दिविता रहेका छन् ।

उनको शव सोमबारै पोष्टमार्टमका लागि पठाइएको दैनिक भाष्करले जनाएको छ । ५८ वर्षीय डेलकर सन् २०१९ मा केन्द्र शासित प्रदेश दादरा र नगर हवेलीबाट स्वतन्त्र सांसदको रुपमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय