धनुषामा पञ्चले पिडित महिलामाथि ५ हजार जरिवाना गरेपछि ,तिर्न नसक्दा आत्महत्या - Hamro Janakpur

जनकपुरधाम । धनुषामा पञ्चले पञ्चायतमा तोकेको जरिवाना तिर्न नसक्दा एक महिलाले आत्महत्या गरेकी छन् । धनुषाको औरही गाउँपालिका वडा नम्बर २ देउरीकी रामजिवन यादवकी श्रीमती ३६ वर्षीया बिनिता देवी यादवले आत्महत्या गरेकी हुन् ।

शुक्रबार भएको पञ्चायतले तत्कालै जरिवाना बुझाउनु तिर्न दबाब दिएपछि बिनिताले आफ्नो घरमा पुगेर पासो लगाइ आत्य हत्या गरेकी स्थानीयले बताएका छन् ।

गएको बिहीबार दिउँसो गाउँकै ओसराबलाको खेतमा साग टिपेको विषयमा भएको विवादपछि पञ्चायतले बिनिता लगायत तीनजना महिलालाई जनही पाँचहजार रुपैयाँ जरिवाना तोकेको थियो ।

स्थानीयका अनुसार खेतमा घाँस काट्दै गरेका उनीहरुलाई खेतधनी महिलाले साग चोरेको आरोप लगाएर खेतधनीसहित अन्य महिलाहरुले सुमित्रा, बबिता र बिनितामाथि कुटपिट गरेका थिए ।

पीडित बबिता लगायत तीनैजनाले आफुहरुमाथि अन्याय भएको भन्दै पञ्चायत डाकेकी थिइन् । सोही वडाका वडाध्यक्ष अमित यादवको अगुवाइमा भएको पञ्चायतमा उल्टै तीनै महिलाले गल्ती गरेको भन्दै जनही ५ हजार रुपैयाँ जरिवाना गरेको थियो ।

पञ्चायतले तत्कालै जरिवाना रकम बुझाउन दबाब दिएको थियो । न्याय पाउनुपर्नेमा आफुहरुमाथि झन् अन्यास भएको, समाजमा अपमान भएको र पैसा समेत नभएका कारण बबिताले तत्कालै घरमा झुण्डिएर आत्महत्या गरेको एक स्थानीयले बताए ।

यता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले के कारणले आत्महत्या गरेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।