सांसदलाई कोरोनाविरुद्धको खोप आजदेखि सुरु - हाम्रो जनकपुर

काठमाडौ । सरकारले संघीय संसदका सांसदहरुलाई आजदेखि कोरोनाविरुद्धको खोप दिने भएको छ।

राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य तथा संसद सचिवालयका कर्मचारी र मर्यादापालक, सुरक्षाकर्मी गरेर १ हजार ५ सय जनाको सूची तयार पारिएको छ।

उनीहरुलाई काठमाडौंको सिभिल हस्पिटलबाट ३ दिनभित्रमा खोप दिइसक्ने स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आगामी फागुन २३ गतेदेखि ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप दिइने छ।

सरकारले भारतबाट १० लाख डोज खोप खरिद गरेको छ भने थप ४० लाख डोज खरिदको प्रक्रिया अघि बढेको स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय