गाैशाला नगरपालिका ८ मा बर्थिगं सेन्टर नगर प्रमुख महताे द्वारा उद्घघाटन - Hamro Janakpur

नरेन्द्र महताे / गाैशाला । महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका वडा न.८काे स्वास्थ्य चाैकि बेलगाछिमा शुक्रवार बर्थिगं सेन्टरकाे नगरप्रमुख शिवनाथ महताे द्वारा उद्वघाटन गर्नु भयाे ।
उक्त अवसरमा गरीविकाे जिवन विताउने हाम्रा महीला दिदिहरुलाई सुत्येकेरी भएकाे समयमा पैसा नभएर घरमा ज्यानकाे वाजि लगाएर वच्चालाई जन्म दिने गरेकी र कति पयले अाकालमा ज्यान गुमाउनु परेकाे कारण अव देखि त्यस्ताकाे कुनै किसिमकाे जाेखिम मुल्यय नउठाई वेथा लागे वितिकै बर्थिगं सेन्टरमा अाएर दक्ष स्वास्थ्य कर्मी बाट डिलिभरी गराउन सक्नु हुन्छ यति मात्र नभएर यदि यहाँ डिलिभरी सम्भव नभएकाे खण्ड गाैशाला नगरपालिकाकाे एम्वुलेन्स बाट वाहिर लैजाने सहुलित उपल्बध गराउने महताेले जनाए ।

त्यसै अवसर महीला भएर महीला पिडा सँग अवगत भएकाे कारण बर्थिगं सेन्टर शुरु हुनु खुशिकाे कुरा भएकाे उप प्रमुख अाशा लामाले वताईन ।बर्थिगं सेन्टर पहिले शुरु हुनु पर्ने तर जन शक्तिकाे अभाव भएकाे कारण पहिले हुन सकेन तर दक्ष जनशक्ति तयार गरेर बर्थिगं सेन्टर अाज बाट शुरु भएकाे र यस वाट यहाँका महीला बढि लभान्भित हुनेछ लामाले बताईन ।

गाैशाला नगरपालिकाकाे मुख्य उदेश् भनेकाे कुनै पनि गर्भवति महीला स्वास्थ्य सेवा नपाएकाे कारण अकालमा ज्यान गुमाउन नपराेस भनेर नै अाज बर्थिगं सेन्टर स्थापना गरी शुरुवात गरेकाे नगर प्रवक्ता तथा वडा न .८ का वडा अध्यक्ष भाेज वहादुर दर्लामिले जनाएका छन ।

साे कार्यक्रममा विभिन्न पार्टिका प्रतिनिधि, स्वास्थ्य संयाेजक राम प्रगास महताे लगायत गाैशाला नगरपालिकाका स्वास्थ्य कर्मचारी तथा स्वंम सेविकाहरुकाे उपस्थिति रहेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।