जनकपुरमा ओली समूहका कार्यकर्ताद्वारा दीप प्रज्वलन - Hamro Janakpur

जनकपुरधाम । सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै धनुषा,जनकपुर,सबैलामा नेकपा केपी ओली पक्षका कार्यकर्ताहरूले दीप प्रज्वलन गरेका छन् । सर्वोच्चको फैसलाले साविक नेकपा एमाले ब्यूँतिएको भन्दै त्यसको खुसीयालीमा दीप प्रज्वलन गरेका हुन् ।

आइतबार सर्वोच्चले ऋषि कट्टेलले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीको पक्षमा फैसला सुनाएको थियो भने केपी ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपा खारेज गरिदिएको थियो । नेकपा ओली समूह धनुषाका अध्यक्ष राजकिशोर यादवको अगुवाईमा साविक नेकपा एमालेको पार्टी कार्यालयमा भेला भएका कार्यकर्ताहरूले जनकपुरधाम जनक चोक,धनुषाकाे सबैलामा दिप प्रज्वलन गरेका थिए । ओली पक्षका राजकिशोर यादवले अब नेकपा एमाले ब्यूँतिने भएकोले आफुहरु खुसी भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।